सिरहा, २१ फागुन– आफ्नो जीवनको अत्यन्त ऊर्जावान् समय मुलुकको प्रतिष्ठाका लागि कुस्ती खेलेर बिताएका सिरहाका एक कुस्ती खेलाडी हातमुख जोर्न समस्या भएपछि गिट्टी, बालुवा चालेर जीविका चलाइरहेका छन् । अयोध्यानगर–९ कसाहाका ५२ वर्षीय जनक यादवले खेलाडी भएर आफूसहित छ जनाको परिवार पाल्न समस्या परेपछि...
काठमाण्डु, २१ फागुन–प्रधानमन्त्री सुशील कोइरालाले फागु पूर्णिमा अर्थात होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । सन्देशमा हाम्रा चाडपर्वहरुले विविधतायुक्त नेपाली समाजमा सद्भाव बढाउदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले सन्देशमा...
काठमाण्डु, २० फागुन- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपालबीच भेटवार्ता भएको छ । बुधबार नेपाललाई भेटेर प्रचण्डले सहमतिमै संविधान निर्माणको पहल गर्न आग्रह गरेका हुन् । शान्ति प्रक्रियाको मर्म र भावना बुझेको नेता भन्दै प्रचण्डले विगतका सहमतिबाट बाहिर गएको एमालेलाई...
काठमाण्डु, २० फागुन–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार अपरान्ह ४ बजेसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । यसअघि बुधवार ५ बजेसम्मका लागि उडान रोकिएपनि त्यसको समय अवधि बढाईएको हो । टर्किस एयरलाईन्सको विमान अवतरणको क्रममा विमानस्थलमा रन वे नजिकै दुर्घट्ना भएपछि अन्तर्राष्ट्रिय विमानको उडान...
काठमाण्डु,२० फागुन- काठमाडौँ र बनारसबीच भगिनी सम्बन्ध स्थापना गर्ने उद्देश्यले बिहिबारदेखि दैनिक यात्रुबाहक बस सेवा सञ्चालन गरिने भएको छ । बिहीबार बिहान ८ बजे दशरथ रङ्गशालामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले बस सेवाको शुभारम्भ गर्ने कार्यक्रम छ । सेवा सञ्चालन गर्ने सम्बन्धमा...
काठमाण्डु,२० फागुन- कर्णाली नदी थुनिएको भनिएको हुम्लाको लिमिस्थित निङ खोला वरपर वुधबार पनि लगातार हिमपात भइरहेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कुँवरका अनुसार अहिले पनि नदी थुनिएको क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ । हिमपातका कारण कर्णाली नदी थुनिएको...
काठमाडौँ, २० फागुन– नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा एक हजार दुई सय जना पार्टीका महाधिवेशन प्रतिनिधिलाई समावेशी प्रशिक्षण दिने भएको छ । प्रतिष्ठानले २ सय ४० वटै निर्वाचन क्षेत्रअन्तर्गतका प्रत्येक क्षेत्रबाट महिला दुई, दलित, आदिवासी÷जनजाति, अल्पसङ्ख्यक वा...
काठमाण्डु,२० फागुन- सहरी विकास मन्त्री नारायण खड्काले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेस पूर्वसभापति कृष्णप्रसाद भट्टराईप्रति सच्चा श्रद्धाञ्जलि गर्ने हो भने उनको आदर्श राजनीतिक चरित्रको अनुशरण सबैले गर्नुपर्ने बताएका छन् । सन्त नेता भट्टराईको पाँचौँ स्मृति दिवसका आवसरमा नेपाल प्रेस युनियनले बुधबार आयोजना गरेको कार्यक्रममा उनले...
काठमाण्डु,२० फागुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा टर्किस एयरलाइन्सको विमान बुधबार विहान दुर्घटना भएपछि बुधबारका लागि तय गरिएका सबै अन्तर्राष्ट्रिय उडान रद्द हुँदा हज्जारौ यात्रु बिचल्लीमा परेका छन् । सो विमान दुर्घटनाबाट विमानस्थलको धावन मार्ग अवरुद्ध भएपछि विमानस्थल कार्यालयले बुधबार साँझ ५ बजेसम्मका सबै...
काठमाण्डु, २० फागुन–एमाओवादी अध्यक्ष प्रचण्डले एमाले नेता माधवकुमार नेपाललाई भेटेर दलहरुवीचको वार्तका लागि सहजीकरण गर्न आग्रह गरेका छन् । प्रचण्ड बुधवार विहान ७ बजे नै नेपाल निबास कोटेश्वर पुगेका थिए । दुई नेता वीचको करिव २५ मिनेट लामो कुराकानीका क्रममा प्रचण्डले अहिलेको गतिरोध अन्त्यका...
काठमाण्डु, २० फागुन चालु आर्थिक वर्ष २०७/र७१ मा सुरुको सात महिनामै तीन लाख २० हजार २ सय ८० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । गत आर्थिक वर्षमा सोही अवधिमा दुई लाख ५८ हजार ८० जना मात्रै वैदेशिक रोजगारीमा गएका थिए । यसवर्ष साउनदेखि...
म्याग्दी,२० फागुन- म्याग्दी र मुस्ताङ जिल्लामा बसोबास गर्ने थकाली समुदायमा तोरन्ल पर्वको रमझम सुरु भएको छ । फागु पूर्णिमाको अवसरमा मनाइने तोरन्ल पर्व थकाली समुदायको सबैभन्दा ठूलो चाड हो । यो पर्वमा थकाली समुदायका सदस्यहरू जम्मा भएर एकापसमा खुसी साटासाट गर्नुका साथै विभिन्न किसिमका...