महिलालाई अधिकार सम्पन्न बनाएर आर्थिक विकास गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाण्डु टुडे २०७१ फागुन २४ गते ३:१४ मा प्रकाशित

sushil koiralaकाठमाण्डु, २४ फागुन–‘महिला लैंगिकमैत्री संविधान महिला हिंसाको निदान’ नारासहित आइतबार आज १०५ औँ अन्तिराष्ट्रिय नारी दिवस मनाइँदै छ । यो दिवस हरेक वर्ष मार्च ८ मा मनाउने गरिन्छ ।

सन् १९०७ को मार्च ८ का दिन महिलालाई उचित ज्याला र १० घन्टा कार्यदिनको माग गर्दै न्युयोर्कका महिलाले गरेका संघर्षको स्मृतिमा यो दिवस मनाइन थालिएको हो । सोही दिनको सम्झनामा सन् १९१० देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो ।

उपराष्ट्रपति परमानन्द झाले अन्तर्राष्ट्रिय महिला दिवसको शुभअवसरमा आइतबार एक शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् तथा यस दिवसले सम्पूर्ण नेपाली महिलाहरुलाई एक सुत्रमा आबद्ध गर्दै सबै नेपालीलाई समान अधिकार सम्पन्न बनाउन संविधान निर्माणमा आपसी मेलमिलापको वातावरणसमेत सिर्जना गर्न सकोस् भनी कामना गरेका छन् । सन्देशमा उनले अन्तर्राष्ट्रिय महिला दिवसको शुभअवसरमा देश विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनीहरुको सुख, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय कामनासमेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाले पनि आजै एक शुभकामना सन्देश दिँदै अधिकार सम्पन्न बनाएर समाजलाई आर्थिक र सामाजिक विकासमा विश्वका सम्पन्न र विकसित मुलुकका समकक्षमा पु¥याउन सबै सरकारी, गैरसरकारी, निजी क्षेत्र तथा नागरिक समाजलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन पनि अपिल गरेका छन् ।

संविधानसभाले अब बनाउने संविधानमा समेत महिलाका अधिकार सुरक्षित गरिने विश्वास दिलाउँदै प्रधानमन्त्री कोइरालाले अन्तर्राष्ट्रिय महासन्धिहरुमा गरिएको प्रतिवद्धताअनुसार महिला केन्द्रित नीति, कानून, योजना, संरचना र कार्यक्रम तर्जुमा गरी उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग गरेर महिलाको जीवनस्तर माथि उठाई सन्तुलित, समुन्नत र सुखी समाज निर्माण गर्न प्रतिवद्धता व्यक्त गरेका छन् ।

राज्यले महिलालाई राजनीति र रोजगारीमा अधिक सहभागी गराउन महिलाका लागि आरक्षणको व्यवस्था गरिएको र छात्राको शिक्षालाई प्रबद्र्धन गर्न विशेष कार्यक्रम सञ्चालन गरिएको तथा पाँच वर्षे ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको सन्देशमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us