काठमाण्डू, ११ चैत– आज सोमबार संक्रमणकालीन न्यायबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै छ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरुको संयुक्त बैठक बस्न लागेको पहिलोपटक हो । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली...
काठमाण्डू, ११ चैत– दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगजनी भएको छ । आज (सोमबार) बिहान करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर...
काठमाण्डू, ११ चैत– प्रहरीले अवैध लागुऔषधसहित कोशी प्रदेशका विभिन्न ठाउँहरुबाट चार जनालाई पक्राउ गरेको छ । झापा, मोरङ र उदयपुरबाट लागुऔषध सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले झापा गौरिगञ्ज गाउँपालिका–१ भन्सार चोक स्थितमा भारतबाट...
काठमाण्डू, १० चैत– बाँकेको डडुवा गाउँपालिकामा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ । डडुवा–२ स्थित बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिँदा ८ वर्षीय विशाल गोदिया र ९ वर्षका शिउकुमार गोदियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...
काठमाण्डू, १० चैत– अमृत साइन्स क्याम्पस (अस्कल)मा आज (आइतबार) भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववयिुको प्यानलनै विजयी भएको छ । अस्कलको स्ववियु सभापतिमा अनेरास्ववियुका रुद्रहरी पोखरेल विजयी भएका हुन ।नेविसंघका राजु मास्टर (लामिछाने) र क्रान्तिकारीका विश्राम शर्मालाई हराउँदै...
काठमाण्डू, १० चैत– प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले मोरङका नेता विनोद ढकालसँग भेटवार्ता गरेका छन । कुनै समय ओलीको विश्वास पात्र मानिने ढकालसँग केही वर्ष यतादेखि ओलीको दुरी बढ्दै गएको थियो । एमालेको १०औं जिल्ला अधिवेशनमा अध्यक्ष ओलीले समर्थन गरेका...
काठमाण्डू, १० चैत– रौतहटमा चिट चोर्न प्रयोग भएका ४६९ थान मोबाइल बरामद गरीएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तरगत आइतबारको परीक्षामा जिल्लाभरका विभिन्न केन्द्रबाट सो परिमाणमा मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिएका छन...
काठमाण्डू, १० चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस पेस गरेका छन् । आज (आइतबार) राष्ट्रपति भवन, शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रिपतिको सचिवालय स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डू, १० चैत– प्रहरीले अपहरणको धम्की दिएर आपराधिक लाभ लिन खोजेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको धनकौला गाउँपालिका–२ घर भएका भक्तपुरको लोकन्थली बस्ने सुदीपकुमार साह गुप्ता रहेको प्रहरीले जानकारी दिएको छ । गुप्तालाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
काठमाण्डू, १० चैत– प्रहरीले काठमाण्डूबाट ८४० ट्याबलेट लागूऔषध ट्रामाडोलसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर बोडे डेरा गरी बस्ने मकवानपुर घर भएका २८ वर्षीय दावा छिरिङ स्याङ्तान रहेका छन । काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बजारबाट ट्रामाडोल ८४० ट्याब्लेट सहित प्रहरीले उनलाई...
काठमाण्डू, १० चैत– महानगर प्रहरीले काठमाण्डू महानगरपालिकाका सडक बत्ती चोरी गर्दागर्दै एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–८ घर भइ कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी बस्ने ३४ वर्षीय सुदीप बस्नेत रहेको महानगर प्रहरीले जनाएको छ । उनीविरुद्ध चोरीको कसुरमा काठमाण्डू जिल्ला...
काठमाण्डू, १० चैत– आज आइतबार बिहानै ०५ः ५५ बजेतिर भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्यक्ति मृत अवस्थामा फेला पर्छन । व्यक्ति मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरमै रहेको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली...