अपहरणको धम्की आरोपमा एक व्यक्ति पक्राउ

काठमाण्डु टुडे २०८१ चैत ९ गते १६:३९ मा प्रकाशित

काठमाण्डू, १० चैत– प्रहरीले अपहरणको धम्की दिएर आपराधिक लाभ लिन खोजेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको धनकौला गाउँपालिका–२ घर भएका भक्तपुरको लोकन्थली बस्ने सुदीपकुमार साह गुप्ता रहेको प्रहरीले जानकारी दिएको छ ।

गुप्तालाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले आपराधिक लाभ लिने उदेश्यले योजनाबद्ध रूपमा विभिन्न धाक धम्की दिएको र अपहरण समेत गर्ने बताएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिएका छन ।

गुप्तालाई काठमाण्डूको कोटेश्वरबाट पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डू पठाइएको छ । गुप्ताविरुद्ध यसअघि प्रहरी वृत्त थानकोटबाट १५ मंसिर २०७९ मा लागूऔषधको कसुरमा मुद्दा चलेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us