प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाण्डु टुडे २०८१ चैत १० गते १२:३५ मा प्रकाशित

काठमाण्डू, ११ चैत– आज सोमबार संक्रमणकालीन न्यायबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै छ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरुको संयुक्त बैठक बस्न लागेको पहिलोपटक हो ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठक अपराह्न चार बजे बैठक बस्न लागेको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले बैठकको मुख्य एजेन्डा संक्रमणकालीन न्याय भएको बताए । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया लगायतका विषयमा छलफल गर्ने तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us