अमृत साइन्स क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानलनै विजयी

काठमाण्डु टुडे २०८१ चैत ९ गते १७:५९ मा प्रकाशित

काठमाण्डू, १० चैत– अमृत साइन्स क्याम्पस (अस्कल)मा आज (आइतबार) भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववयिुको प्यानलनै विजयी भएको छ ।

अस्कलको स्ववियु सभापतिमा अनेरास्ववियुका रुद्रहरी पोखरेल विजयी भएका हुन ।नेविसंघका राजु मास्टर (लामिछाने) र क्रान्तिकारीका विश्राम शर्मालाई हराउँदै पाखरेलको प्यानलै विजयी भएको हो ।

आज भएको मतदानमा १२ सय ९१ मत खसेको थियो। त्यहाँ १९४८ मतदाता रहेको थिए ।  सभापति पोखरेले ३२६ मतान्तरले विजयी भएका हुन । यस्तै सचिवमा अनेरास्ववियुकै गोपाल वहादुर शाही र कोषाध्यक्षमा पनि अनेरास्ववियुकै विवेक कोइराला निर्वाचित भएका हुन ।

अस्कलमा चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएपछि  आज निर्वाचन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us