
काठमाण्डू, १० चैत– बाँकेको डडुवा गाउँपालिकामा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ । डडुवा–२ स्थित बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिँदा ८ वर्षीय विशाल गोदिया र ९ वर्षका शिउकुमार गोदियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाँकेका डीएसपी यमबहादुर मल्लले जानकारी दिएका छन ।
बालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले पानी ट्यांकर जलाइदिएका छन् । प्रहरी चौकीमा समेत ढुंगामुढा प्रहार भएको पनि उनले जानकारी दिएका छन । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । अहिले पनि प्रदर्शन भइरहेको पनि उनले जानकारी दिए ।