राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री, वार्षिक प्रतिवेदन पेस

काठमाण्डु टुडे २०८१ चैत ९ गते १६:४६ मा प्रकाशित

काठमाण्डू, १० चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस पेस गरेका छन् ।

आज (आइतबार) राष्ट्रपति भवन, शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रिपतिको सचिवालय स्रोतले जानकारी दिएको छ । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us