लागुऔषधसहित ४ जना पक्राउ

काठमाण्डु टुडे २०८१ चैत १० गते १२:१९ मा प्रकाशित

काठमाण्डू, ११ चैत– प्रहरीले अवैध लागुऔषधसहित कोशी प्रदेशका विभिन्न ठाउँहरुबाट चार जनालाई पक्राउ गरेको छ । झापा, मोरङ र उदयपुरबाट लागुऔषध सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले झापा गौरिगञ्ज गाउँपालिका–१ भन्सार चोक स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेका भारतको किसानगन्जका २३ बर्षीय सलमलाई लागुऔषध ब्राउनसुगर ४ ग्राम ५५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट २ ग्राम ४७ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित मोरङ केराबारी गाउँपालिका–७ का २३ बर्षीय सनम राई र २७ बर्षीय रुपेश तामाङलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका–१ खैजनपुरका २२ बर्षीय सन्तोष चौधरीलाई प्रतिबन्धित औषधी ७ एम्पुल र २५ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us