
काठमाण्डू, १० चैत– प्रहरीले काठमाण्डूबाट ८४० ट्याबलेट लागूऔषध ट्रामाडोलसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर बोडे डेरा गरी बस्ने मकवानपुर घर भएका २८ वर्षीय दावा छिरिङ स्याङ्तान रहेका छन ।
काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बजारबाट ट्रामाडोल ८४० ट्याब्लेट सहित प्रहरीले उनलाई शनिबार पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेर घटनाबारे आवाश्यक अनुसन्धान गरीरहेको प्रहरीले जानकारी दिएको छ ।