
काठमाण्डू, १० चैत– महानगर प्रहरीले काठमाण्डू महानगरपालिकाका सडक बत्ती चोरी गर्दागर्दै एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–८ घर भइ कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी बस्ने ३४ वर्षीय सुदीप बस्नेत रहेको महानगर प्रहरीले जनाएको छ ।
उनीविरुद्ध चोरीको कसुरमा काठमाण्डू जिल्ला अदालत मुद्दासमेत दर्ता भएको छ । कोटेश्वर एरियाका सडक बत्ती तथा ट्राफिक आइल्याण्डमा जडान गरिएका बत्तीहरु हराउन थालेका थिए ।
सडक बत्ती बारम्बार हराउन थालेपछि महानर प्रहरीबले निगरानी बढाएको थियो । सोही क्रममा बत्ती चोर्दै गरेको अवस्थामा बस्नेतलाई पक्राउ गरिएको महानर प्रहरी बलको पत्रमा उल्लेख छ ।
महानगर प्रहरीले बलले प्रहरीमा दिएको जाहेरी अनुसार उनलाई १५ फागुनमा पक्राउ गरिएको हो । कोटेश्वर–बालकुमारी सडकको लेनको बीच भागमा रोपिएका बिरुवाका लागि लगाइएको बत्ती चोरी भएको बताइएको छ ।
चोरी आरोपमा पक्राउ परेका बस्नेतले पनि चोरी गरेको विषय स्वीकार गरेका छन् । बत्तीसहित फेला परेपछि महानगर प्रहरीले प्रहरी प्रभाग कोटेश्वरको जिम्मा लगाएको थियो । उनले ४ हजार ३५८ रुपैयाँ पर्ने बत्ती चोरी गरेको भन्दै उक्त बराबरको बिगो समेत मागदाबी गरिएको छ ।