समाचार

औषधि नहुँदा सर्पको डसाइबाट महिलाको ज्यान गयो

२०७२ भदौ १५ गते ९:५६

रसुवा, १५ भदौ – सर्पले डस्दा सरमथलीको पाटीखर्कमा एक महिलाको निधन भएको छ । स्थानीय दिलबहादुर लामाका अनुसार राति २ बजे रसुवा जिल्ला सरमथली गाविस–५ पाटीखर्कको आफ्नै घरभित्र सर्पले डसेपछि उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रमा लगेको र त्यहाँ त्यसको औषधि नहुँदा ४१ वर्षीया कान्छीमाया...

माझी, मुसहर, बोटे विद्यार्थीका लागि निःशुल्क स्कुल बस

२०७२ भदौ १५ गते ९:२२

नवलपरासी, १५ भदौ – नवलपरासीको देवचुली नगरपालिकामा रहेका माझी मुसहर, बोटे समुदायका बालबालिकाका लागि नगरपालिकाले बसको व्यवस्था गर्ने भएको छ । माझी मुसहर, बोटे समुदायका अधिकांश बालबालिका पढ्न जाने नवजागरण प्राथमिक विद्यालय र नेपाल उच्च माध्यमिक विद्यालयसम्म नगरपालिकाले बसको व्यवस्था गर्न लागेको हो ।...

नारायणी नदीमा डुबेर वृद्धको मृत्यु

२०७२ भदौ १५ गते ८:४१

चितवन, १५ भदौ –चितवनको देवघाटस्थित नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार अन्दाजी ६५/७० वर्षका देखिने वृद्धको नदीमा डुबेर मृत्यु भएको हो । सोमबार नदीले बगाउँदै गरेको देखेपछि स्थानीय युवा सुरज घिमिरेले पौडेर ती वृद्धालाई निकालेको र त्यसको १५ मिनेटपछि...

दुई मोटरसाइकल ठोक्किएर यादवको मृत्यु

२०७२ भदौ १४ गते १९:२८

विराटनगर, १४ भदौ-सिरहामा सोमबार अपराह्न दुई मोटरसाइकल ठोकिँदा एकको मृत्यु भएको भने अन्य तीनजना घाइते भएका छन् ।   स२प ५२५१ नंको मोटरसाइकल चालक सुखीपुर–६ बस्ने ३० वर्षीय रामदयाल यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ...

वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी

२०७२ भदौ १४ गते १९:२२

वीरगन्ज, १४ भदौ-जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाका केही स्थानमा सोमबार अपराह्न ४ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।   जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले मकालु होटल, भाजुरत्न चोक, कैलाश होटल चोक, घडिअर्वा चोकको पूर्वतर्फबो बाटो, कभर्ड हल पूर्वदेखि बनारसी चोकको पूर्व गुह्येश्वरा...

कैलाली नरसंहारमा संलग्न थप ८ जना पक्राउ

२०७२ भदौ १४ गते १९:१९

कैलाली, १४ भदौ– कैलालीको टीकापुरमा भएको नरसंहारमा संलग्न रहेको आरोपमा थप ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जितबहादुर थारु, बृजमोहन थारु, राजेश थारु, सनतराम थारु, राजेश थारु, किसन थारु र शीतल चौधरी रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नवलपुर, खैरा, गौडचौरा...

मानवअधिकारको रक्षा गर्ने सवालमा कसैसँग सम्झौता गर्दिन: शर्मा

२०७२ भदौ १४ गते १९:१७

काठमाण्डु, १४ भदौ- राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी र विभिन्न राजनीतिक दलका थारु सभासद्बीच मुलुकको वर्तमान अवस्था र मानवअधिकारको स्थितिका बारेमा छलफल भएको छ ।   आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा तराईका विभिन्न जिल्लामा सीमाङ्कनको विरोध गर्दै भएको प्रदर्शन र कैलालीको टीकापुर घटनालगायतलाई लिएर...

सर्पले डसेर बालकको मृत्यु

२०७२ भदौ १४ गते १९:०७

झापा, १४ भदौ-विषालु सर्पको डसाइका कारण सोमबार झापामा एक बालकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा मेचीनगर–४ निवासी ११ वर्षी रोजिन विष्ट रहेको प्रहरीले जनाएको छ । उनलाई सोमबार बिहान विषालु सर्पले डसेपछि सर्पदंश उपचार केन्द्र चारआली ल्याइएकामा ढिलो भएको उपचार सुरु नै...

बहुविवाह गरेपछि यो हविगत

२०७२ भदौ १४ गते १९:००

भक्तपुर, १४ भदौ-भक्तपुर जिल्ला अदालतले बहुविवाह मुद्दामा अदालतले गरेको फैसला अटेर गरी फरार रहेका दुई जनालाई पक्राउ गरी सोमबार कारागार चलान गरेको छ ।   अदालतको फैसलामा तोकिएको कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका दोषीलाई अदालतले डिल्लीबजार कारागार चलान गरेको हो ।  ...

हराएका बालक मृतावस्थामा भेटिए

२०७२ भदौ १४ गते १८:४७

विराटनगर, १४ भदौ-आफ्नै घरबाट हराइरहेका एक बालक चौबीस घन्टापछि सोमबार मृतावस्थामा फेला परेका छन् ।   मोरङको कटहरी–६ बस्ने प्रमोद सहनीका ११ वर्षीय छोरा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि कोसी अञ्चल अस्पताल पठाइएको छ ।...

गुरुङले भने,‘थारु आन्दोलनलाई हाम्रो पार्टीको पूर्ण समर्थन छ’

२०७२ भदौ १४ गते १८:३९

भक्तपुर, १४ भदौ-नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले टीकापुरमा सरकारको विवेक नपुग्दा दुःखद घटना भएको बताएका छन् ।   रफत सञ्चार क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले अखण्ड सुदूरपश्चिम आन्दोलनकारीलाई संरक्षण र थारुको वर्चस्व रहेको टीकापुरमा मात्र लगाइएको निषेधाज्ञाका कारण सो घटना भएको विचार व्यक्त गरे...

विराटनगरमा प्रहरी र बन्दकर्ताबीच झडप

२०७२ भदौ १४ गते १८:३१

विराटनगर, १४ भदौ-विराटनगरमा सोमबार अपराह्न बन्दकर्तासँगको झडपमा एक प्रहरी सामान्य घाइते भएका छन् ।   पाँच बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शान्तिचोकमा मोटरसाइकललाई जर्बजस्ती रोक्न खोजेको अवस्थामा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोजेपछि झडप भएको जिल्ला प्रहरी कार्यालयल मोरङले जनाएको छ ।   बन्दकर्ताको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us