कैलाली नरसंहारमा संलग्न थप ८ जना पक्राउ

काठमाण्डु टुडे २०७२ भदौ १४ गते १९:१९ मा प्रकाशित

कैलाली, १४ भदौ– कैलालीको टीकापुरमा भएको नरसंहारमा संलग्न रहेको आरोपमा थप ८ जना पक्राउ परेका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

पक्राउ पर्नेमा जितबहादुर थारु, बृजमोहन थारु, राजेश थारु, सनतराम थारु, राजेश थारु, किसन थारु र शीतल चौधरी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नवलपुर, खैरा, गौडचौरा र थापापुरका छन् । ती सबैलाई घरमा सुतिरहेका बेला आइतबार राति पक्राउ गरिएको थियो ।

पक्राउ परेका सबैलाई धनगढी ल्याइएको प्रमुख जिल्ला अधिकार मोहन चापागाईंले बताए । उनका अनुसार घटनामा संलग्नता पुष्टि भए कारबाही गरिने बताए ।

प्रहरीले केही दिनअघि घटनामा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरेको थियो ।

थरुहट प्रदेश माग गर्दै भएको हिंसात्मक प्रदर्शनका क्रममा गत सोमबार टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक डेढ वर्षीय बालकको नृशंस हत्या भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us