बहुविवाह गरेपछि यो हविगत

काठमाण्डु टुडे २०७२ भदौ १४ गते १९:०० मा प्रकाशित

double-marriage
भक्तपुर, १४ भदौ-भक्तपुर जिल्ला अदालतले बहुविवाह मुद्दामा अदालतले गरेको फैसला अटेर गरी फरार रहेका दुई जनालाई पक्राउ गरी सोमबार कारागार चलान गरेको छ ।

 

अदालतको फैसलामा तोकिएको कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका दोषीलाई अदालतले डिल्लीबजार कारागार चलान गरेको हो ।

 

बहुविवाह मुद्दाका दोषी हाल सूर्यविनायक नगरपालिका–११ साविक नंखेल गाविस–१ का गोविन्द खत्रीलाई अदालतले २०६२ जेठ ५ गते ११ महिना १० दिन कैद र १० हजार जरिवानाको फैसला गरेको अदालतका तहसिलदार दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

 

त्यसैगरी बहुविवाह मुद्दाकै दोषी हाल अनन्तलिङ्गेश्वर नगरपालिका–१३ साविक गुण्डु गाविस २ का कृष्णबहादुर तामाङलाई पनि पक्राउ गरी कारागार चलान गरिएको छ । सो अदालतले उनीविरुद्ध एक वर्ष कैद र १५ हजार जरिवानाको फैसला गरेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us