समाचार

कलैयामा गोली चल्यो

२०७२ भदौ १५ गते १३:४९

कलैया, १५ भदौ-संयुक्त मधेसी मोर्चा र प्रहरीबीच मंगलबार दिउँसो यहाँ झडप भएको छ । झडपमा प्रहरीले चलाएको रबरको गोली लागेर केही आन्दोलनकारी घाइते भएका छन् ।   मधेस बन्दको मंगलबार १७ औँ दिन दिउँसो कलैयाको भरत चोकमा आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रतिकारमा प्रहरीले गोली...

स्याम्पी खड्का भईन् तीज सुन्दरी

२०७२ भदौ १५ गते १३:४५

टोकियो, १५ भदौ-जापानमा रोजगार, अध्ययन तथा व्यापार व्यवसायका लागि विदेशिएका नेपालीले विदेशमा पनि आफ्नो कला संस्कृतिलाई भुल्न सकेका छैनन् ।   जतिसुकै व्यस्त रहेपनि आफ्नो परम्परालाई सम्झाउन कहिले नाचगान गर्छन् त कहिले विभिन्न कला प्रदर्शनी ।   त्यस्तै, कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नजिकिँदै...

मोटरसाइकलको साँचो खोसेपछि प्रहरीले च्याप्प…

२०७२ भदौ १५ गते १३:३६

मोरङ, १५ भदौ– मोटरसाइकलको साँचो खोस्ने र रिक्साको हावा खोल्नेलाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर उपमहानगरपालिका–१३ बस्ने २२ बर्षीय साहिर खान सहित ४ जना बन्दकर्ताहरुलाई प्रहरीले शान्तिचोकबाट नियन्त्रणमा लिएको छ । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा एक जना प्रहरी जवान समेत सामान्य घाइते भएका...

कांग्रेसको कार्यालय तोडफोड

२०७२ भदौ १५ गते १३:३४

गौशाला, १५ भदौ-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले मंगलबार नेपाली काँग्रेस महोत्तरीको जिल्ला पार्टी कार्यालय तोडफोड गरेका छन् ।   बिहानैदेखि आन्दोलनमा रहेका मोर्चाका कार्यकर्ताले नाराजुलुस गर्दै जिल्ला सदरमुकाम जलेश्वरको खैराचोकमा अवस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा गएर तोडफोड गरेका हुन् ।   मोर्चाका कार्यकर्ताले सो...

आमह्डताल घोषणा गरिएपनि झापामा भने शान्ति

२०७२ भदौ १५ गते १३:१९

भद्रपुर, १५ भदौ-मुलुकमा नयाँ संविधान जारी हुने समय नजिकिँदै जाँदा तराईका केही भू–भागमा हिंसात्मक घटना देखिएपनि झापामा सम्पूर्ण राजनीतिक दलहरुबीच धार्मिक, साम्प्रदायिक, सामाजिक सद्भाव, मेलमिलाप, शान्ति र सहिष्णुता कायम रहेको पाइएको छ ।   राजनीतिक दलहरुले आफ्ना मागलाई सम्बोधन गराउन शान्तिपूर्ण ढङ्गले अहिंसात्मक क्रियाकलापबाट...

अब ढुक्क हुनुहोस्, बसभित्रै शौचालयको सुविधा

२०७२ भदौ १५ गते १३:१३

काठमाण्डु, १५ भदौ-बसभित्रै शौचालयको सुविधा भएको स्तरीय पर्यटकीय बस नेपाली बजारमा भित्रिएको छ ।   विगत छ वर्षदेखि पर्यटक बस सञ्चालन गर्दै आएको डेविट टुर्स एन्ड ट्राभल्सले दुईवटा आधुनिक सेवासहितको बस भदौको दोश्रो हप्तादेखि सञ्चालनमा ल्याएको हो ।   तीसजना यात्रु क्षमता भएको बस...

महाधिवेसन सार्न अन्तरिम संविधान संसोधन गर्ने कांग्रेसको तयारी

२०७२ भदौ १५ गते १३:०९

काठमाण्डु, १५ भदौ – पार्टीको वैधानिकता बचाउनका लागि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले अन्तरिम संविधानमा संशोधनका लागि पहल गर्ने भएको छ । संविधानसभा भवन नयाँबानेश्वरमा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा असोज पहिलो साता महाधिवेशन गर्न सकिने सम्भावना समाप्त भएको निष्कर्ष सहित नेताहरुले...

दमन नरोके आन्दोलन चर्काउँछौंः महतो

२०७२ भदौ १५ गते १२:४४

वीरगञ्ज, १५ भदौ– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले सरकारले आन्दोलन दवाउने क्रम जारी राखे आन्दोलन झन् चर्काउने चेतावनी दिएका छन । मंगलबार नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्जमा झडपका क्रममा घाइते भएकाहरुलाई घेट्न पुगेका अध्यक्ष महतोले सरकारले तत्काल आफ्नो व्यवहार नधुसारे वार्ता समेत नहुने बताएका छन्...

छुटाछुटै घटनामा परी दुई जनाको मृत्यु

२०७२ भदौ १५ गते ११:१६

सप्तरी, १५ भदौ – सप्तरीको छुट्टाछुट्टै घटनामा परी मंगलबार दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सीतापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विराटनगरबाट महोत्तरी जाँदै गरेको बा१ब ८६१६ नम्बरको मोटरसाइकलले पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सीतापुर सडकखण्डमा ठोकिँदा जिल्ला...

अवरुद्ध सडक सञ्चालन गर्न प्रयास जारी

२०७२ भदौ १५ गते १०:५८

मेलम्ची, १५ भदौ – दुई दिनदेखि अविरल वर्षाले अवरुद्ध भएको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची चौतारा मनमोहन राजमार्ग सञ्चालन गर्न स्थानीयवासीको प्रयास जारी रहेको छ । मेलम्ची नवलपुर सडकखण्डअन्तर्गत मेलम्ची नगरपालिका–१३ को सहरेखोला भिरमा पहिरोको कारण सडक अवरुद्ध भएको थियो । सडक खुलाउन स्थानीय २५ जनाले...

अठार दिनदेखिको बन्दका कारण सप्तरीको जनजीवन अस्तव्यस्त

२०७२ भदौ १५ गते १०:५४

सप्तरी, १५ भदौ – सप्तरीमा लगातार १८ दिनदेखिको बन्दका कारण जनजीवन अस्तव्यस्त भएको छ । जिल्लामा उद्योग, कलकारखाना, व्यापार, शैक्षिक संघसंस्थालगायतको सबै ठप्प रहेको बताइएको छ । बन्दका कारण दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेपछि सामानको मूल्य अकासिएको छ भने बन्दले व्यापार व्यवसायसमेत बन्द...

वीरगन्जमा प्रहरीको गोली लागेर २ जना घाइते

२०७२ भदौ १५ गते १०:४२

वीरगन्ज, १५ भदौ – प्रदर्शनकारी र प्रहरीबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर दुइ जना घाइते भएका छन् । कर्फयुका बीच आन्दोलनकारी प्रर्दशनमा उत्रिएपछि प्रहरीले गोली चलाउँदा स्थानीय दिपेश पटेल र सन्दीप पटेल घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us