कांग्रेसको कार्यालय तोडफोड

काठमाण्डु टुडे २०७२ भदौ १५ गते १३:३४ मा प्रकाशित

congress
गौशाला, १५ भदौ-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले मंगलबार नेपाली काँग्रेस महोत्तरीको जिल्ला पार्टी कार्यालय तोडफोड गरेका छन् ।

 

बिहानैदेखि आन्दोलनमा रहेका मोर्चाका कार्यकर्ताले नाराजुलुस गर्दै जिल्ला सदरमुकाम जलेश्वरको खैराचोकमा अवस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा गएर तोडफोड गरेका हुन् ।

 

मोर्चाका कार्यकर्ताले सो पार्टी कार्यालयको एउटा कोठाको ढोका फुटाएर त्यसभित्र रहेका टेबुल, कुर्सी, कागजात र ग्यास सिलिन्डरलगायतका सामग्री नष्ट गरेका छन् ।

 

त्यसैगरी, सो पार्टी कार्यालयका शौचालयमा पनि पूर्णरुपमा क्षति पु¥याएका छन् । यता जिल्ला निर्वाचन कार्यालयका बोर्ड पनि उनीहरुले उखेलेर तोडफोड गरी फालेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us