कलैयामा गोली चल्यो

काठमाण्डु टुडे २०७२ भदौ १५ गते १३:४९ मा प्रकाशित

bara map
कलैया, १५ भदौ-संयुक्त मधेसी मोर्चा र प्रहरीबीच मंगलबार दिउँसो यहाँ झडप भएको छ । झडपमा प्रहरीले चलाएको रबरको गोली लागेर केही आन्दोलनकारी घाइते भएका छन् ।

 

मधेस बन्दको मंगलबार १७ औँ दिन दिउँसो कलैयाको भरत चोकमा आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रतिकारमा प्रहरीले गोली चलाएको बताइएको छ । घाइते आन्दोलनकारीको कलैयास्थित अस्पतालमा उपचार भइरहेको छ ।

 

अहिले कलैयाको अवस्था तनावग्रस्त छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us