वीरगन्जमा प्रहरीको गोली लागेर २ जना घाइते

काठमाण्डु टुडे २०७२ भदौ १५ गते १०:४२ मा प्रकाशित

Birgunj Jhadap
वीरगन्ज, १५ भदौ – प्रदर्शनकारी र प्रहरीबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर दुइ जना घाइते भएका छन् ।

कर्फयुका बीच आन्दोलनकारी प्रर्दशनमा उत्रिएपछि प्रहरीले गोली चलाउँदा स्थानीय दिपेश पटेल र सन्दीप पटेल घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घाइतेको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । कफ्र्युको अवज्ञा गर्दै आन्दोलनकारीले प्रदर्शन गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन वीरगन्जको गण्डक चोसुरक्षाकर्मीले चलाएको गोली लागेर ती दुवै घाइते भएको हो ।

कफ्र्युको अवज्ञा गर्दै प्रदर्शनकारीले बिहानैदेखि वीरगन्जको गण्डक चोक, लक्ष्मणवा चोकलगायत सहरका विभिन्न भागमा प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीले विभिन्न नारा लगाउँदै सुरक्षाकर्मी माथि ढुंगामुढा गरिरहेका छन् ।

सोमबार दिउँसोदेखि नै वीरगन्जको नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्ली चोक, राधेमाई चोक र रानीघाटलगायत सहरका विभिन्न भागमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको पटकपटकको झडपपछि वीरगन्ज तनावग्रस्त बनेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि स्थानीय प्रशासनले सोमबार ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यु जारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us