समाचार

माडीका विद्यालय अझै बन्द !

२०७२ भदौ १५ गते १७:२३

चितवन, १५ भदौ-विभिन्न राजनीतिक दल तथा सङ्घ सङ्गठनले बन्दका बेला विद्यालय खुलाउने विषयमा प्रतिबद्धता जनाएको दोस्रो दिन मंगलबार दक्षिण चितवनको माडीका विद्यालय बन्द भएका छन् ।   जिल्ला शिक्षा कार्यालय चितवनले आयोजना गरेको बैठकमा सोमबार यस्तो प्रतिबद्धता आएको थियो । खुलेका विद्यालयमा समेत थारु...

बर्दियामा महिला बलात्कृत

२०७२ भदौ १५ गते १७:१५

बर्दिया, १५ भदौ-सुस्तःमनस्थिति भएकी यहाँकी एक महिला बलात्कृत भएकी छिन् । सानोश्रीताराताल नगरपालिकामा– १ की ४० वर्षीया महिला आइतबार राति बलात्कृत भएको प्रहरीले जनाएको छ ।   सानोश्रीताराताल नगरपालिका– १ का ३४ वर्षीय कृष्णप्रसाद न्यौपानेले बलात्कार गरेको आरोप पीडित पक्षले लगाएको छ ।  ...

वीरगञ्जमा मृत्यु हुनेको संख्या ४ पुग्यो, स्थिति तनावग्रस्त

२०७२ भदौ १५ गते १६:४७

पर्सा,१५ भदौ– संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रहरीबीच झडप हुँदा वीरगञ्जमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । मंगलबार वीरगञ्जको लक्ष्मनुवा चोकमा भएको झडपमा परेर दुइजनाको मृत्यु भएपछि सो संख्या चार पुगेको हो । सो झडपमा गोली लागेर घाइते भएका दाीनाथा साह र भोला...

कलैयामा झडप, एकजनाको मृत्यु

२०७२ भदौ १५ गते १६:०९

कलैया १५ भदौ– बाराको कलैयामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा मंगलबार एकजनाको मृत्यु भएको छ । स्थानीय कलैया–१० का हिफाजत अन्सारीको मृत्यु भएको हो । मंगलबार बिहानदेखि भएको सोे झडपमा परेर ३ दर्जन आन्दोलनकारी घाइते भएको बताइएको छ । एक...

मामाघर लगिदिन्छु भन्दै होटलमा लगेर बलात्कार गरेपछि…

२०७२ भदौ १५ गते १५:३८

पोखरा, १५ भदौ-पोखरा–१४ घर भएकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा धादिङ जिल्ला घर भई पोखरा–८ बस्दै आएका वर्ष २४ का नारायण शाहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पक्राउ गरेको छ । शाहले ती बालिकालाई मामाघर लगिदिन्छु भनी पोखराको पृथ्वीचोकस्थित एक होटलमा ल्याई साउन...

आन्दोलनकारी र सुरक्षाकर्मीबाट पत्रकार असुरक्षितः महासंघ

२०७२ भदौ १५ गते १५:०७

काठमाण्डु, १५ भदौ– नेपाल पत्रकार महासंघले आन्दोलनकारी र सुरक्षाकर्मी दुबै पक्षबाट कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी असुरक्षित भइरहेको निष्कर्ष निकालेको छ । भदौ १२ देखि १४ गतेसम्म कैलालीको टीकापुर र बाँकेमा नेपालगञ्जबाट फर्किएको मिसन टोलीले त्यस्तो निष्कर्ष निकालेको हो । ‘मिसनको प्रतिवेदनले आन्दोलनकारी र सुरक्षाकर्मीबाट पत्रकारहरु...

मृतक ठाकुरको शव आफन्तले बुझे

२०७२ भदौ १५ गते १५:०५

  रौतहट, १५ भदौ-  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा जारी आन्दोलनका क्रममा गत भदौ ८ गते प्रहरीको गोली लागि मृत्यु भएका राजकिशोर ठाकुरको शव मंगलबार उनका परिवारले बुझी लगेका छन् ।   सदरमुकाम गौरस्थित कवीर चोकमा आन्दोलनका क्रममा दङ्गाग्रस्त घोषित क्षेत्रमा प्रहरीको गोली लागी...

नेपालमा करोड भारतीय बस्छन् नभनेको भए यो के त ?

२०७२ भदौ १५ गते १५:०४

भारतीय मिडियामा छापिएको समाचारसहित काठमाण्डु, १५ भदौ– आइतबार भारतका गृहमन्त्री राजानाथ सिंहले नेपालमा करोड भारतीय बस्छन् भनेको समाचारले नेपाली मिडियामा निकै स्थान पायो । भारतको एक चिर्चित पत्रिका इंडिया टुडेले त्यो समाचारलाई महत्व दिएर प्रकाशित गर्यो । त्यसमा सिंहको भनार्यलाई कोड गर्दै लेखिएको थियो,...

नयाँ पिँढीलाई पढ्ने बानीको विकास गर्न पुस्तकालयको विकास अनिवार्यः शिक्षामन्त्री

२०७२ भदौ १५ गते १४:५४

काठमाण्डु, १५ भदौ-शिक्षामन्त्री चित्रलेखा यादवले पुस्तकालयको विकासका लागि आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको बताएकी छन् ।   आठौँ पुस्तकालय दिवस मूल समारोह समितिको आयोजनामा मंगलबार भएको कार्यक्रममा मन्त्री यादवले नयाँपिँढीमा पढ्ने बानीको विकास गराउनका लागि पुस्तकालयको विकास गर्नुपर्नेमा जोड दिईन् ।   विद्यालय जीवनमा आफूले...

अनलाइन बन्द गरेको प्रति महासंघको आपत्ति

२०७२ भदौ १५ गते १४:५३

काठमाण्डु, १५ भदौ– नेपाल पत्रकार महासंघले समाचार लेखेको भरमा सुरक्षाकर्मीले केही समाचार अनलाइनलाई बन्द गराएको भन्दै आपत्ति जनाएको छ । महासंघका महासचिव उजिर मगरले मंगलबार विज्ञप्ती जारी गरी कैलालीको टीकापुरलगायत मुलुकका विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको समाचार लेखेको भरमा प्रहरीले केही अनलाईनलाई नेपाल टेलिकममार्फत...

सुरक्षा दिएर ३ सय गाडी पठाइयो

२०७२ भदौ १५ गते १४:४५

विराटनगर, १५ भदौ-संयुक्त मधेसी मोर्चा र थरुहटको दोहोरो बन्दका कारण अलपत्र अवस्थामा रहेका करिव तीन सय गाडीलाई मोरङ प्रहरीले सुरक्षा दिएर गन्तव्यसम्म पु¥याएको छ ।   गएराति १७३ वटा मालबाहक ट्रकमध्येबाट ७० वटालाई विराटनगर भन्सार कार्यालयबाट मोरङका विभिन्न ठाउँमा पु¥याइएको थियो । यसैगरी १०३...

कांग्रेसले संशोधन प्रस्ताव राख्ने

२०७२ भदौ १५ गते १३:५८

काठमाण्डु, १५ भदौ-नेपाली काँग्रेसले ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि पार्टीका तर्फबाट संस्थागत रुपमा मात्र संशोधन प्रस्ताव राख्ने भएको छ ।   संविधानसभा भवन नयाँ बानेश्वरमा पार्टी सभापति सुशील कोइरालाको सभापतित्वमा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us