सुरक्षा दिएर ३ सय गाडी पठाइयो

काठमाण्डु टुडे २०७२ भदौ १५ गते १४:४५ मा प्रकाशित

dang-bus
विराटनगर, १५ भदौ-संयुक्त मधेसी मोर्चा र थरुहटको दोहोरो बन्दका कारण अलपत्र अवस्थामा रहेका करिव तीन सय गाडीलाई मोरङ प्रहरीले सुरक्षा दिएर गन्तव्यसम्म पु¥याएको छ ।

 

गएराति १७३ वटा मालबाहक ट्रकमध्येबाट ७० वटालाई विराटनगर भन्सार कार्यालयबाट मोरङका विभिन्न ठाउँमा पु¥याइएको थियो । यसैगरी १०३ वटा मालबाहक ट्रक र एउटा बसलाई सुनसरीको प्रहरीले सुरक्षा दिएर गन्तव्यतर्फ पु¥याएको छ ।

 

त्यसैगरी, पश्चिमबाट आएका १०४ वटा मालबाहक ट्रकलाई सुरक्षा घेरामा राखी ५९ वटालाई भारत पठाइएको बताइएको छ । अरु ४२ वटा ट्रकलाई विराटनगर भन्सार कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us