माझी, मुसहर, बोटे विद्यार्थीका लागि निःशुल्क स्कुल बस

काठमाण्डु टुडे २०७२ भदौ १५ गते ९:२२ मा प्रकाशित

schol busनवलपरासी, १५ भदौ – नवलपरासीको देवचुली नगरपालिकामा रहेका माझी मुसहर, बोटे समुदायका बालबालिकाका लागि नगरपालिकाले बसको व्यवस्था गर्ने भएको छ ।

माझी मुसहर, बोटे समुदायका अधिकांश बालबालिका पढ्न जाने नवजागरण प्राथमिक विद्यालय र नेपाल उच्च माध्यमिक विद्यालयसम्म नगरपालिकाले बसको व्यवस्था गर्न लागेको हो ।

शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् भनेर नगरपालिकाको बालबालिका लक्षित कार्यक्रमअन्तर्गत बसको व्यवस्था गर्न लागेको जानकारी देवचुली नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद चापागार्इंले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us