सर्पले डसेर बालकको मृत्यु

काठमाण्डु टुडे २०७२ भदौ १४ गते १९:०७ मा प्रकाशित

snake-300x219
झापा, १४ भदौ-विषालु सर्पको डसाइका कारण सोमबार झापामा एक बालकको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा मेचीनगर–४ निवासी ११ वर्षी रोजिन विष्ट रहेको प्रहरीले जनाएको छ । उनलाई सोमबार बिहान विषालु सर्पले डसेपछि सर्पदंश उपचार केन्द्र चारआली ल्याइएकामा ढिलो भएको उपचार सुरु नै गर्न नपाई मृत्यु भएको केन्द्रका अध्यक्ष दुर्गा भट्टराईले बताइन्  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us