नारायणी नदीमा डुबेर वृद्धको मृत्यु

काठमाण्डु टुडे २०७२ भदौ १५ गते ८:४१ मा प्रकाशित

narayani nadiचितवन, १५ भदौ –चितवनको देवघाटस्थित नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार अन्दाजी ६५/७० वर्षका देखिने वृद्धको नदीमा डुबेर मृत्यु भएको हो ।

सोमबार नदीले बगाउँदै गरेको देखेपछि स्थानीय युवा सुरज घिमिरेले पौडेर ती वृद्धालाई निकालेको र त्यसको १५ मिनेटपछि पानी निकाल्ने क्रममै उनको मृत्युभएको जानकारी देवघाटका प्रहरी हवल्दार सीताराम पौडेलले घिमिरेले दिए ।

अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । वृद्धको सनाखत भने हुन सकेको छैन ।

नदी किनारमा रहेका वृद्धा एक्कासि डुब्न पुगेको देखेपछि आफूले पौडेर उद्धार गरिएको सुरज घिमिरेले बताए । सुरजले यसअघि पनि डुबेका बालबालिकाको उद्धार गर्दै आएको स्थानीयवासीले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us