काठमाण्डू, १५ जेठ– प्रधानमन्त्री केपी ओलीले जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात वंशमा केन्द्रित गर्न खोज्ने प्रयास भइरहेको बताएका छन् । १८औं गणतन्त्र दिवसका अवसरमा बिहीबार टुडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै ओलीले नेपालमा अब बंश परम्परामा शासन गर्ने दिन गएको बताए । आजको...
काठमाण्डू, १५ जेठ– परराष्ट्रमन्त्री आरजु राणा देउवा हङकङ पुगेकी छन् । जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मध्यस्थताका लागि अन्तरराष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएराति हङकङ प्रस्थान गरेकी थिइन् । चीनको हङकङ विशेष प्रशासनिक...
विराटनगर, १५ जेठ– मोरङमा झारफुक गर्ने बहानामा बालिकामाथि बलात्कार भएको छ । विराटनगर महानगरपालिका–६ का ३५ वर्षीय महमद साविरले झारफुकका नाममा बलात्कार गरेकाले उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले विराटनगर–६ रामपुरमा दिदीसँग बस्दै आएकी १५ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको बताइएको...
काठमाण्डू, १५ जेठ– बिहीबार विभिन्न कार्यक्रम गरी १८औं गणतन्त्र दिवस मनाइएको छ । गणतन्त्र दिवस मुल समारोह समितिले काठमाण्डूको टुँडिखेलमा एक विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल,...
काठमाण्डू, १५ जेठ– संगठित मानव तस्करीमा संलग्न रहेको आरोपमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद अवरुद्ध गर्दै आएका विपक्षी दलहरुले बेजट ल्याउन दिने भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अपराह्न तीन बजे संघीय संसदका दुवै सदनको बैठकमा आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेट...
फाइल तस्बिर काठमाण्डू, १५ जेठ– प्रधानमन्त्री केपी ओलीसहित सुरक्षा निकायको चेतावनीविपरीत राजावादी समूहले रत्नपार्कमा प्रदर्शन गर्ने भएका छन् । राजतन्त्र पुनस्र्थापना र हिन्दू राज्यसहित विभिन्न एजेण्डा अघि सारेर राप्रपा र राप्रपा नेपालसहित विभिन्न धार्मिक समूहहरुको सहभागितामा प्रदर्शन हुन लागेको हो । पूर्वपञ्च नवराज सुवेदीले...
काठमाण्डू, १५ जेठ– सरकारले आज संघीय संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेट अनुमोदन गर्न मन्त्रिपिरषद् बैठक बस्न लागेको छ । अर्थमन्त्री विष्णु पौडेलले अपराह्न ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गर्नेछन् । त्यसअघि बजेट अनुमोदनका...
काठमाण्डू, १५ जेठ–पूर्वमन्त्री एमाले नेता लालबाबु पण्डितलाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी विमला महतको ६० वर्षको उमेरमा गएराति निधन भएको हो । ‘मेरो जीवन संगिनी विमला महतले १२ः४५ मा मलाई एक्लो बनाइ,’ पण्डितले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । विमला लामो समयदेखि...
काठमाण्डू, १५ जेठ– कांग्रेसका सभापति शेरबहादुर देउवाले बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । १८औं गणतन्त्र दिवसका अवसरमा बिहीबार स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले संविधान रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत...
काठमाण्डू, १५ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लेदलतन्त्रको एकाधिकारले गणतान्त्रिक व्यवस्थाको मर्ममा प्रहार गरेको बताएको छ । १८औं गणतन्त्र दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै रास्वपा कार्यबाहक सभापति डोलप्रसाद अर्यालले नागरिक सर्वोच्चता, विधिको शासन र समावेशी लोकतन्त्र गणतन्त्रका आधारभूत स्तम्भ भए पनि अहिले...
काठमाण्डू, १५ जेठ– उपसभामुख इन्दिरा राना मगरले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको बताएकी छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जनताका आधारभूत अधिकारको प्रभावकारी कार्यान्वयन गर्दै...
काठमाण्डू, १५ जेठ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुनै नसक्ने बताएका छन् । गणतन्त्र दिवस-२०८२ का अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने, जनतालाई अपनत्व हुनेगरी समानुपातिक÷समावेशी शासन प्रणाली र सङ्घीयताको...