लालबाबु पण्डितलाई पत्नी शोक

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १०:०७ मा प्रकाशित

काठमाण्डू, १५ जेठ–पूर्वमन्त्री एमाले नेता लालबाबु पण्डितलाई पत्नीशोक परेको छ ।

उनकी धर्मपत्नी विमला महतको ६० वर्षको उमेरमा गएराति निधन भएको हो ।

‘मेरो जीवन संगिनी विमला महतले १२ः४५ मा मलाई एक्लो बनाइ,’ पण्डितले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । विमला लामो समयदेखि मांशपेसीसम्बन्धी रोगबाटपीडित थिइन् ।

एक वर्षभन्दा बढी समयदेखि पत्नीको स्याहारमा खट्नुपरेका कारण पण्डित राजनीतिक गतिविधिमा खासै सक्रिय थिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us