प्रधानमन्त्रीले ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १०:१२ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले आज संघीय संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेट अनुमोदन गर्न मन्त्रिपिरषद् बैठक बस्न लागेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले अपराह्न ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गर्नेछन् ।

त्यसअघि बजेट अनुमोदनका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

बजेटको अन्तिम तयारीका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा अपराह्न राष्ट्रिय योजना आयोगको बैठक पनि बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us