समाचार

आज गणतन्त्र दिवस, देशभर कार्यक्रम गरेर मनाइँदै

२०८२ जेठ १५ गते ७:११

काठमाण्डू, १५ जेठ– आज जेठ १५ गते, राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् १८औं गणतन्त्र दिवस । गणतन्त्र दिवसका अवसरमा मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च...

इटाभट्टामा जिउँदै मानिस जलाएको अभियोगमा सफाई पाएका आलम रिहा

२०८२ जेठ १४ गते २२:१९

काठमाण्डू, १४ जेठ– इटाभट्टामा जिउँदै जलाएर मजदुरहरुको हत्या गरेको अभियोगमा सफाई पाएका काँग्रेस नेता एवं पूवंसांसद् मोहम्मद आफताब आलम रिहा भएका छन् । ललितपुरको नख्खु कारागारमा थुनामा रहेका आलम बुधबार साँझ रिहा भएका हुन् । उच्च अदालत जनकपुरअन्तर्गतको वीरगन्ज अस्थायी इजलासले आलमलाई बुधबार सफाई...

तीर्थराज भट्टराईलाई मैले सरुवा गरेर गृहमा ल्याएको होइनः गृहमन्त्री लेखक

२०८२ जेठ १४ गते १८:२०

काठमाण्डू १४ जेठ– गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सहसचिव तीर्थराज भट्टराई ०७७ सालदेखि गृह मन्त्रालय मातहत रहेको काम गरेको जानकारी गराएका छन । आज (बुधबार) पत्रकार सम्मेलन गरेर आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो जानकारी गराएका हुन । राष्ट्रिय परिचयपत्र...

चन्द्रागिरिस्थित कपास उद्योगमा आगलागी

२०८२ जेठ १४ गते १८:११

काठमाण्डू १४ जेठ– चन्द्रागिरि नगरपालिका–१२, गोकुल पार्टीस्थित विष्णु देवी कपास उद्योगमा हिजो (मंगलबार) दिउँसो आगलागी भएको छ । राजु रन्जितकार सञ्चालक रहेको कारखानामा दिउँसो ४ः२० बजे अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एक अधिकारीले जानकारी दिएका छन । आगलागी नियन्त्रणमा लिन काठमाण्डू महानगरपालिका,...

कांग्रेस पूर्वसांसद् अफताब आलमलाई उच्च अदालतले दियो सफाइ

२०८२ जेठ १४ गते १८:०२

काठमाण्डू १४ जेठ– बम विस्फोट गरी व्यक्ति हत्याको आरोप खेपेका कांग्रेसका पूर्वसांसद अफताब आलमले आरोपबाट सफाइ पाएका छन । जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको छ । संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत...

गृहमन्त्रीको प्रश्नः मैले पनि न्याय पाउनुपर्ने होला नि ?

२०८२ जेठ १४ गते १७:४६

काठमाण्डू १४ जेठ– गृहमन्त्री रमेश लेखकले आफू अन्यायमा परेको गुनासो गर्दै न्याय माग गरेका छन । आज (बुधबार) पत्रकार सम्मेलन आयोजना गर्दै उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै न्याय माग गरेका हुन । उनले भने, ‘मैले कसैका प्रति असम्मान गर्नु छैन...

‘मेराविरुद्ध नियोजित षड्यन्त्रपूर्ण आक्रमण भइरहेको छ’: गृहमन्त्री

२०८२ जेठ १४ गते १७:३४

काठमाण्डू १४ जेठ– गृहमन्त्री रमेश लेखकले नियोजित र षड्यन्त्रपूर्ण ढंगले आफूमाथि आक्रमण भइरहेको बताएका छन । भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै विपक्षीले सदनमा बोल्न नदिएपछि संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका छन । उनले भने, ‘मेराविरुद्ध नियोजित ढंगले...

गृहमन्त्रीले पद छाडेर अनुसन्धानलाई सघाउनुपर्छः गगन थापा

२०८२ जेठ १४ गते १७:१७

काठमाण्डू १४ जेठ– कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पद छाडेर अनुसन्धानलाई सघाउनुपर्ने धारणा राखेका छन । अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जाने महामन्त्री थापाले बताए । नेपाली कांग्रेसको धरान...

भाटभटेनी लुटपाटमा संलग्न १० जनालाई धरौटीमा रिहा गर्न आदेश

२०८२ जेठ १४ गते १७:००

काठमाण्डू १४ जेठ– जिल्ला अदालत काठमाण्डूले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी समुहले गरेको हिंशात्मक प्रदर्शनमा भाटभटेनी डिपार्टमेन्ट स्टोरमा लुटपाट गर्नेहरूलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । काठमाण्डू जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेले बुधबार थुनछेक बहसपछि उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेका...

सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित

२०८२ जेठ १४ गते १६:३६

काठमाण्डू १४ जेठ– आज (बुधबार) को लागि तय भएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । भोलि सरकारले संसदमा बजेट प्रस्तुत गर्दैछ । विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।...

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ: पराजुली

२०८२ जेठ १४ गते १६:२९

काठमाण्डू १४ जेठ– रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपा सांसद पराजुलीले यस्तो बताएका हुन । उनले भिजिट भिसा प्रकरणमा वर्तमान...

चारवटै सुरक्षा प्रमुखलाई ओलीको निर्देशनः राजावादीलाई चक्रपथभित्र छिर्न नदिनु

२०८२ जेठ १४ गते १५:४३

काठमाण्डू, १४ जेठ– प्रधानमन्त्री केपी ओलीले बिहीबारबाट आन्दोेलन थाल्ने तयारीमा रहेका राजावादी समूहलाई चक्रपथभित्र प्रवेश गर्न नदिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएर त्यस्तो निर्देशन दिएका हुन् । ओलीले राजावादीलाई चक्रपथबाट भित्र आउन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us