
काठमाण्डू १४ जेठ– चन्द्रागिरि नगरपालिका–१२, गोकुल पार्टीस्थित विष्णु देवी कपास उद्योगमा हिजो (मंगलबार) दिउँसो आगलागी भएको छ ।
राजु रन्जितकार सञ्चालक रहेको कारखानामा दिउँसो ४ः२० बजे अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एक अधिकारीले जानकारी दिएका छन ।
आगलागी नियन्त्रणमा लिन काठमाण्डू महानगरपालिका, नेपाल आयल निगम र चन्द्रागिरि नगरपालिकाका तीनवटा दमकल प्रयोग गरिएको थियो ।
४९ जना सुरक्षाकर्मी सशस्त्र प्रहरी अस्पतालबाट १७ जना र युद्ध कवच गण सितापाइलाबाट ३२ जना आगो निभाउन खटिएको प्रहरीले जानकारी दिएको छ । आगो अहिले नियन्त्रणमा आइसकेको छ । क्षतिको विवरण आउन बाँकी छ ।