
काठमाण्डू १४ जेठ– गृहमन्त्री रमेश लेखकले आफू अन्यायमा परेको गुनासो गर्दै न्याय माग गरेका छन । आज (बुधबार) पत्रकार सम्मेलन आयोजना गर्दै उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै न्याय माग गरेका हुन ।
उनले भने, ‘मैले कसैका प्रति असम्मान गर्नु छैन । आग्रह पूर्वाग्रह राख्न परेको छैन । न्याय त मैले पनि पाउनुपर्ने होला नि ? ‘कि म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ? मेराविरुद्ध कतै उजुरी छ ? मेराविरुद्ध कहिँ छानबिन भइरहेको छ ? तर, मैले न्याय त माग्न पाउनुपर्ला नि ।’