भाटभटेनी लुटपाटमा संलग्न १० जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाण्डु टुडे २०८२ जेठ १४ गते १७:०० मा प्रकाशित

काठमाण्डू १४ जेठ– जिल्ला अदालत काठमाण्डूले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी समुहले गरेको हिंशात्मक प्रदर्शनमा भाटभटेनी डिपार्टमेन्ट स्टोरमा लुटपाट गर्नेहरूलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।

काठमाण्डू जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेले बुधबार थुनछेक बहसपछि उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन । आपराधिक उपद्रव कसुरका प्रतिवादी श्रवण कुमार लामा र समिर मगरलाई अदालतले ७० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

रविरन्जन कुमार सिंह, आशिक कुमार महतो र प्रेम कुमार महतोसँग ३५ हजार धरौटी माग गरेको छ । अदालतले गोविन्दा राय, सुशिला कुमाल र राधेश्याम यादवलाई जनही २० हजारमा रिहा गर्न आदेश गरेको छ ।

एलिसा राई ‘लक्ष्मी’ र दिनेश महतोसँग जनही १० हजार धरौटी माग गरिएको छ । अभियोजन गरिएका ११ जनामध्ये सिन्धुपाल्चोक घर भएका निर्मला कार्की फरार रहेकी थिइन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us