काठमाण्डू, १५ जेठ– संगठित मानव तस्करीमा संलग्न रहेको आरोपमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद अवरुद्ध गर्दै आएका विपक्षी दलहरुले बेजट ल्याउन दिने भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अपराह्न तीन बजे संघीय संसदका दुवै सदनको बैठकमा आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेट...
फाइल तस्बिर काठमाण्डू, १५ जेठ– प्रधानमन्त्री केपी ओलीसहित सुरक्षा निकायको चेतावनीविपरीत राजावादी समूहले रत्नपार्कमा प्रदर्शन गर्ने भएका छन् । राजतन्त्र पुनस्र्थापना र हिन्दू राज्यसहित विभिन्न एजेण्डा अघि सारेर राप्रपा र राप्रपा नेपालसहित विभिन्न धार्मिक समूहहरुको सहभागितामा प्रदर्शन हुन लागेको हो । पूर्वपञ्च नवराज सुवेदीले...
काठमाण्डू, १५ जेठ– सरकारले आज संघीय संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेट अनुमोदन गर्न मन्त्रिपिरषद् बैठक बस्न लागेको छ । अर्थमन्त्री विष्णु पौडेलले अपराह्न ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गर्नेछन् । त्यसअघि बजेट अनुमोदनका...
काठमाण्डू, १५ जेठ–पूर्वमन्त्री एमाले नेता लालबाबु पण्डितलाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी विमला महतको ६० वर्षको उमेरमा गएराति निधन भएको हो । ‘मेरो जीवन संगिनी विमला महतले १२ः४५ मा मलाई एक्लो बनाइ,’ पण्डितले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । विमला लामो समयदेखि...
काठमाण्डू, १५ जेठ– कांग्रेसका सभापति शेरबहादुर देउवाले बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । १८औं गणतन्त्र दिवसका अवसरमा बिहीबार स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले संविधान रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत...
काठमाण्डू, १५ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लेदलतन्त्रको एकाधिकारले गणतान्त्रिक व्यवस्थाको मर्ममा प्रहार गरेको बताएको छ । १८औं गणतन्त्र दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै रास्वपा कार्यबाहक सभापति डोलप्रसाद अर्यालले नागरिक सर्वोच्चता, विधिको शासन र समावेशी लोकतन्त्र गणतन्त्रका आधारभूत स्तम्भ भए पनि अहिले...
काठमाण्डू, १५ जेठ– उपसभामुख इन्दिरा राना मगरले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको बताएकी छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जनताका आधारभूत अधिकारको प्रभावकारी कार्यान्वयन गर्दै...
काठमाण्डू, १५ जेठ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुनै नसक्ने बताएका छन् । गणतन्त्र दिवस-२०८२ का अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने, जनतालाई अपनत्व हुनेगरी समानुपातिक÷समावेशी शासन प्रणाली र सङ्घीयताको...
काठमाण्डू, १५ जेठ– सभामुख देवराज घिमिरेले भ्रष्टाचार, असमानता र शासकीय कमजोरीजस्ता विषयमा निर्मम हुँदै समृद्ध, समावेशी र न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हुने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा बिहीबार देश–विदेशमा रहेका नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा शुभकामना व्यक्त घिमिरेले गणतन्त्रको भावना...
काठमाण्डू, १५ जेठ– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था रहेको बताएका छन् । । गणतन्त्र दिवस, २०८२ को अवसरमा बिहीबार शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । ‘संसारमै योभन्दा उन्नत अर्को कुनै व्यवस्था छैन । यस कारण पनि यो व्यवस्थाले...
काठमाण्डू, १५ जेठ–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बताएका छन् । गणतन्त्र दिवस–२०८२ का अवसरमा बिहीबार शुभकामना दिँदै उनले गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि परिवर्तनकारी शक्तिबीचको एकता र गणतान्त्रिक...
काठमाण्डू, १५ जेठ– प्रधानमन्त्री केपी ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । ‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर...