
काठमाण्डू, १५ जेठ– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था रहेको बताएका छन् ।
।
गणतन्त्र दिवस, २०८२ को अवसरमा बिहीबार शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । ‘संसारमै योभन्दा उन्नत अर्को कुनै व्यवस्था छैन । यस कारण पनि यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ ।
राज्यसत्ता र शक्तिको स्रोत पूर्णतः नागरिकलाई मानेको छ’, पौडेलले भनेका छन्, ‘हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान् उपलब्धिका रूपमा अभिलेखन गरेको छ र हामी त्यसैको अभ्यासमा जुटेका छौँ ।’