आज शाही सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन होः ओली

काठमाण्डु टुडे २०८२ जेठ १५ गते ७:१७ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– प्रधानमन्त्री केपी ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन’, प्रधानमन्त्री ओलीले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गणतन्त्र दिवसको गरिमामय अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना, जय–जय–जय नेपाल ’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us