काठमाण्डू १५ जेठ– राजावादी समुहले गणतन्त्रको विरोधमा आयोजना गरेको प्रदर्शनमा सशस्त्र प्रहरीका झन्डै दुई हजार प्रहरी परिचालन गरीएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा गणतन्त्रको विरोधमा शान्तिबाटिका क्षेत्रमा प्रदर्शन आयोजना गरिएको छ । बिहीबार मध्यान्ह २ बजेपछि प्रदर्शन गर्ने गरी जिल्ला प्रशासन...
काठमाण्डू १५ जेठ– आज राजसंस्था पुनःस्थापना समितिले काठमाण्डूमा आन्दोलन गरी रहेको छ । राजावादी समूह अहिले विभिन्न स्थानबाट जुलुस निकालेर अहिले शान्तिबाटिकामा पुगेर आन्दोलन सुरु गरेका छन् । जस अन्तर्गत मैतीदेवीबाट शान्तिबाटिकासम्मको आन्दोलनको नेतृत्व राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गरीरहेका छन । मैतीदेवी देखि शान्तिबाटिकासम्मको...
काठमाण्डू १५ जेठ– संसदमा प्रतिपक्षी दलहरुल आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने बताएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल...
काठमाण्डू १५ जेठ– आज (बिहिबार) गणतन्त्र दिवसको अवसरमा काठमाण्डूका विभिन्न स्थानबाट निस्किएको नेकपा एमालेको र्याली शान्तिबाटिका पुग्न थालेपछि त्यहाँ रहेका राजावादीहरूलाई प्रहरीले हटाएको छ । प्रहरीले रत्नपार्कमा भेला भएका राजावादी समर्थकलाई जमल तर्फ पठाइएको छ । सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रहरीले राजावादी समर्थकहरूलाई जमलतर्फ...
काठमाण्डू १५ जेठ– राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपाले) दुई सांसदलाई प्रतिनिधि सभाको बैठकमा पठाएर अन्य सांसदहरुलाई आन्दोलनमा सहभागी गराउने भएको छ । संघीय संसद्मा आज बजेट प्रस्तुत हुँदै छ । राप्रपाका अन्य सांसदहरू राजसंस्था पुनर्स्थापनाको मागसहित आज हुने सडक आन्दोलनमा सहभागी हुने भएका हुन् ।...
काठमाण्डू, १५ जेठ– विभिन्न राजावादी समूहले पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको झण्डामुनि राजतन्त्र पुनस्र्थापनाका लागि आजबाट थाल्ने भनेको आन्दोलन दुर्गा प्रसाईं समूहले बहिस्कार गर्ने भएको छ । प्रसाईं समूहले विज्ञप्ति जारी गर्दै आन्दोलनमा आफूहरुको सहभागिता नरहने जनाएको हो । राप्रपा, राप्रपा नेपाल,...
बुटवल, १५ जेठ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले गणतन्त्रप्रति कोही सन्तुष्ट नरहेको दाबी गरेका छन् । बिहीबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले गणतन्त्रप्रति आमनागरिकको धारणा सकारात्मक नरहेको जिकिर गरेका हुन् । गणतन्त्रमा पनि राज्य सञ्चालकको व्यवहारमा सामन्तवादी व्यवस्थाको अवशेष कायमै...
काठमाण्डू, १५ जेठ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानन्त्री माधवकुमार नेपालले शासन सत्तामा फर्कन रहर भए चुनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । गणतन्त्र दिवसका अवसरमा बिहीबार पार्टीद्वारा राजधानीमा आयोजित कार्यक्रममा नेपालले चुनावी प्रतिस्पर्धामार्फत जनमत ल्याएर प्रधानमन्त्री बन्न शाहलाई सुझाव दिएका...
काठमाण्डू, १५ जेठ– एमालेले गणतन्त्रको स्वागतमा गर्ने भनिएको प्रदर्शन सुरु भएको छ । एमालेले काठमाण्डूका विभिन्न क्षेत्रबाट नक्कली खुँडा र ढालसहित प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी एमाले नेता कार्यकर्ताले हातमा नक्कली खुँडा, ढाल र पार्टीको झण्डा बोकेका छन् । प्रदर्शनकारीले एमाले जिन्वावाद, गणतन्त्र...
काठमाण्डू, १५ जेठ– संघीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेट प्रस्तुत गर्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी नहुने भएका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आफ्नो दलका तर्फबाट सांसदहरु धु्रबहादुर प्रधान र रोशन कार्की मात्र संसद् बैठमा उपस्थित हुने जानकारी दिए...
काठमाण्डू, १५ जेठ– बयोवृद्ध पूर्वपञ्च एवं पूर्वराजा ज्ञानेन्द्रद्वारा गठित ‘राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समिति’ संयोजक नवराज सुवेदीले काँग्रेस, एमाले र माओवादी केन्द्रसहितका राजनीतिक दललाई राजतन्त्रको पक्षमा उभिन अपिल गरेका छन् । आफ्नो नेतृत्वमा राजावादी समूहहरुले बिहीबारबाट थाल्ने भनिएको काठमाण्डू केन्द्रित प्रदर्शनको पूर्वसन्ध्यामा विज्ञप्ति जारी...
काठमाण्डू, १५ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजावादी आन्दोलनका लागि उपत्यका आउने क्रममा रहेका आफ्ना कार्यकर्तालाई प्रहरीले दुःख दिएको आरोप लगाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आन्दोलनमा आउन लागेका कार्यकर्तालाई प्रहरीले नागढुंगा नाकामा अवरोध र अनावश्यक सोधपुछ गर्ने काम भएको आरोप लगाए ।...