राजावादी प्रदर्शनमा झन्डै २ हजार सशस्त्र प्रहरी परिचालन

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १४:२८ मा प्रकाशित

काठमाण्डू १५ जेठ– राजावादी समुहले गणतन्त्रको विरोधमा आयोजना गरेको प्रदर्शनमा सशस्त्र प्रहरीका झन्डै दुई हजार प्रहरी परिचालन गरीएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा गणतन्त्रको विरोधमा शान्तिबाटिका क्षेत्रमा प्रदर्शन आयोजना गरिएको छ । बिहीबार मध्यान्ह २ बजेपछि प्रदर्शन गर्ने गरी जिल्ला प्रशासन कार्यालय काठमाण्डूले राप्रपालाई अनुमति दिएको छ ।

महत्त्वपूर्ण प्रतिष्ठान र प्रदर्शनमा भिड नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका करिब २ हजार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका एक जना अधिकृतले जानकारी दिएका छन ।

सशस्त्र प्रहरी बल नेपालको नम्बर–९ बाहिनीले सुरक्षा योजना सहित आफ्नो सुरक्षाकर्मी परिचालन गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us