विपक्षीले आर्थिक सर्वेक्षण र बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १४:०३ मा प्रकाशित

काठमाण्डू १५ जेठ– संसदमा प्रतिपक्षी दलहरुल आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने बताएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने बताए ।

त्यसपछि भिजिट भिसा सेटिङ प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाउने र गृहमन्त्री रमेश लेखकको राजीनामा नभएसम्म संसद् चल्न नदिने उनको तर्क छ । विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर विपक्षीहरूले मंगलबार र बुधवारको प्रतिनिधिसभा बैठकमा अवरोध पुर्‍याएका थिए ।

विपक्षीको अवरोधका कारण दुई दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन । गृहमन्त्री लेखकले बुधबार पत्रकार सम्मेलन गरेर भिजिट भिसा सेटिङ प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरीसकेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us