नक्कली खुँडा र ढाल बोकेर एमालेको प्रदर्शन

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १३:०८ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– एमालेले गणतन्त्रको स्वागतमा गर्ने भनिएको प्रदर्शन सुरु भएको छ ।

एमालेले काठमाण्डूका विभिन्न क्षेत्रबाट नक्कली खुँडा र ढालसहित प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी एमाले नेता कार्यकर्ताले हातमा नक्कली खुँडा, ढाल र पार्टीको झण्डा बोकेका छन् । प्रदर्शनकारीले एमाले जिन्वावाद, गणतन्त्र जिन्दावादजस्ता नारा लगाएका छन् ।

-याली भद्रकाली, शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने एमालेले जनाएको छ । ¥यालीलाई एमाले शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रमा छ ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले जेठ १५ गर्ते काठमाण्डू एमालेको कब्जामा हुने बताएका थिए ।

उनको उक्त अभिव्यक्तिको सर्वत्र विरोध भएको छ । एमाले र राजावादी समूहले एकै दिन प्रदर्शन गर्ने भएपछि सम्भावित झडप रोक्न काठमाण्डू जिल्ला प्रशासनले २ बजेअघि एमाले र त्यसपछि राजावादीले प्रदर्शन गर्ने गरी सहमति कायम गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us