राजावादी समूहमा फुट, आन्दोलनमा सहभागी नहुने दुर्गा प्रसाईं समूहको घोषणा

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १३:४१ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– विभिन्न राजावादी समूहले पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको झण्डामुनि राजतन्त्र

पुनस्र्थापनाका लागि आजबाट थाल्ने भनेको आन्दोलन दुर्गा प्रसाईं समूहले बहिस्कार गर्ने भएको छ ।

प्रसाईं समूहले विज्ञप्ति जारी गर्दै आन्दोलनमा आफूहरुको सहभागिता नरहने जनाएको हो । राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपालसहित दर्जन बढी राजावादी समूहले अपराह्न २ बजेपछि रत्नपार्कस्थित शान्तिबाटिकाबाट प्रदर्शनको तयारी गर्ने भएका छन् ।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका सचिव प्रेमदीप लिम्बूले विज्ञप्ति जारी गर्दै राप्रपाको आन्दोलमा आफूहरु सहभागी नहुने बताएका हुन् ।

‘जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वको आन्दोलन भएकोले हाम्रो सहकार्य नरहकोले सहभागी नहुन अनुरोध सहितको निर्देशन गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘कुनै घटना घटे महाअभियान जिम्मेवार नहुने प्रष्ट निर्णय गरिएको छ ।’

गत १५ चैतमा यही समितिको नेतृत्वमा भएको आन्दोलनमा प्रसाईं ‘जनकमाण्डर’ तोकिएका थिए । दुई जनाको ज्यान जाने गरी भएको हिंसात्मक आन्दोलनमा जिम्मेवार रहेको आरोपमा पक्राउ परेका पसाईं थुनामा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us