
काठमाण्डू, १४ जेठ– इटाभट्टामा जिउँदै जलाएर मजदुरहरुको हत्या गरेको अभियोगमा सफाई पाएका काँग्रेस नेता एवं पूवंसांसद् मोहम्मद आफताब आलम रिहा भएका छन् ।
ललितपुरको नख्खु कारागारमा थुनामा रहेका आलम बुधबार साँझ रिहा भएका हुन् ।
उच्च अदालत जनकपुरअन्तर्गतको वीरगन्ज अस्थायी इजलासले आलमलाई बुधबार सफाई दिएको थियो । नख्खु कारागारका जेलर भीमराज कोइरालाले अदालतले पत्र पाप्त भएलगत्तै आलम बुधबार साँझ रिहा भएको बताए ।
न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधबार जिल्ला रौतहट अदालतको यअसघिको फैसला उल्ट्याउँदै आलमलाई सफाई दिएको हो ।
७ चैत ०६४ मा भएको संविधानसभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ रौतहटको राजपुरस्थित एक घरमा निर्वाचनमा विपक्षीलाई तर्साउन बम बनाउँदै गर्दा आलमका कार्यकर्ता घाइते भएका थिए ।
घटना लुकाउन आलमले घाइतेहरुलाई जिउँदै इटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा २०८१ वैशाखमा रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
आलमसहित जन्मकैदको सजाय पाएका उनका भाई मोहम्मद महताव आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीले पनि सफाई पाएका छन् ।