मनाइयो १८औं गणतन्त्र दिवस (तस्बिरहरु)

काठमाण्डु टुडे २०८२ जेठ १५ गते ११:४४ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– बिहीबार विभिन्न कार्यक्रम गरी १८औं गणतन्त्र दिवस मनाइएको छ ।

गणतन्त्र दिवस मुल समारोह समितिले काठमाण्डूको टुँडिखेलमा एक विशेष समारोह आयोजना गरेको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुख र पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख र कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए ।

२०६५ साल जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्ष लामो शाहवंशीय निरङ्कुश राजतन्त्रको विधिवत अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । ३ असोज २०७२ मा जारी संविधानले गणतन्त्र संस्थागत गरेको छ ।
गणतन्त्र दिवसका केही तस्बिर

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us