
विराटनगर, १५ जेठ– मोरङमा झारफुक गर्ने बहानामा बालिकामाथि बलात्कार भएको छ ।
विराटनगर महानगरपालिका–६ का ३५ वर्षीय महमद साविरले झारफुकका नाममा बलात्कार गरेकाले उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले विराटनगर–६ रामपुरमा दिदीसँग बस्दै आएकी १५ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको बताइएको छ ।
पीडित बालिकाले उजुरी दिएपछि आरोपीलाई पक्राउ गरी छानबिन अघि बढाइएको मोरङ प्रहरीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । प्रहरीका अनुसार अचानक बेहोस् हुने, डराउने जस्ता समस्या देखिएपछि परिवारले झारफुकका लागि लगेको थियो ।
झारफुकको बहानामा विगत ४ महिनादेखि महमदले बालिकामाथि यौन दुव्र्यवहार हुँदै आएको अनुसन्बानबाट खुलेको जोशीले बताए ।
महमदविरूद्ध बालयौन दुर्व्यवहारसम्बन्धी कसुरमा मा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।