
काठमाण्डू, १५ जेठ– परराष्ट्रमन्त्री आरजु राणा देउवा हङकङ पुगेकी छन् ।
जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मध्यस्थताका लागि अन्तरराष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएराति हङकङ प्रस्थान गरेकी थिइन् ।
चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा शुक्रबार महासन्धिमा हस्ताक्षर समारोह हुँदैछ । समारोहमा नेपाल पर्यवेक्षक राष्ट्रका रूपमा हैसियतमा सहभागी हुन लागेको हो ।
समारोहमा मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय र हङकङस्थित नेपाली महावाणिज्य दूतावासका वरिष्ठ अधिकारी सम्मिलित प्रतिनिधिमण्डल समारोहमा सहभागिता रहनेछ उनको सचिवालयले जनाएको छ ।
राणा आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।