काठमाण्डू, २७ जेठ–सत्तारुढ काँग्रेस सांसद् डा. सुनिल शर्माले प्रधानमन्त्री केपी ओली कुनै पनि दिन भ्रष्टाचार मुद्धामा जेल जाने दाबी गरेका छन् । पतञ्जली जग्गा प्रकरणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ओलीले प्रतिशोध साँधेको भन्दै उनले ओलीको समेत भावी दिन सुखमय नरहेको जिकिर गरे ।...
विराटनगर, २७ जेठ– एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना पति मदन भण्डारी जन्मिएको घरको संरक्षणमा ध्यान नदिएको भन्दै एमाले नेतृत्वको आलोचना गरेकी छन् । पूर्वक्षेत्रमा राजनीतिक भेटघाट र कार्यक्रममा व्यवस्त उनी सोमबार मोरङको रतुवामाई नगरपालिका– १० सातमेडीस्थित मदनको घर पुगेकी...
कञ्चनपुर, २७ जेठ– बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो । नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा...
तनहुँ, २६ जेठ– तनहुँको बन्दीपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणमा परी एक बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सोमबार साँझ करिब ७ः३० बजे आफ्नै घरको आँगनमा खेलिरहेका स्थानीय ल बहादुर गुरुङका ६ वर्षीय छोरा उत्समाथि चितुवाले आक्रमण गरेको थियो । आक्रमणबाट...
धनगढी, २६ जेठ– सुदूरपश्चिमका प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी प्रदेशसभा सदस्यबाट निलम्बित भएका छन् । भ्रष्टाचार अभियोगमा अख्तियारबाट मुद्धा दर्ता गरिएका सोडारी पहिलो मुख्यमन्त्री हुन् । सभामुख भीमबहादुर भण्डारीले सोमबारको प्रदेशसभा बैठकमा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका सोडारीलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराएका...
विराटनगर, २६ जेठ– मोरङको ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्का आइतबार सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा मृत भेटिइन् । उक्त प्रकरणबारे प्रहरीले तत्काल अनुसन्धान अघि बढायो । जब प्रहरीले ग्रामथान(६ की ४० वर्षीया सीता ऋषिदेलाई उक्त घटनाको अनुसन्धानका सिलसिलामा पक्राउ ग¥यो, तब घटनामा...
काठमाण्डू, २६ जेठ– अमेरिकाले डिपोर्ट गरेर फिर्ता पठाएका ५ नेपाली महिला मेक्सिीकोबाट अमेरिका प्रवेश गर्ने बित्तिकै पक्राउ परेको खुलासा गरेको छ । अमेरिकाले अवैध रुपमा बसेको भन्दै सोमबार ३७ नेपालीलाई डिफोट गरी चार्टर्ड जहाजमा ल्याएर भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छाडिदिएका मध्ये ३२ पुरुष र ५...
काठमाण्डू, २६ जेठ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्ने बताएका छन् । सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित ‘बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समीक्षा’ विषयक कार्यक्रममा सभापति देउवाले तुलनात्मक रूपमा पहाडमा विकास हुन नसकेका कारण बसाइँसराइ...
काठमाण्डू, २६ जेठ–अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपाली मध्ये एक जना डाइभरसिटी भिसा (डीभी) र अर्का एक जना अध्ययनको लागि त्यहाँ गएका पुरुष रहेको खुलेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गर्दा ती दुई जनाले लगभग १० वर्षदेखि अमेरिका बसोबास गरिरहेको पाइएको छ...
nda काठमाण्डू, २६ जेठ–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिटर्नीहरू (विदेशबाट फर्किएका नागरिक) प्रति राज्यले अपेक्षित सम्मान र सहयोग नदेखाएको बताएका छन् । माओवादी निकट रिटर्नी सेन्टरको स्थापना दिवसको अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राज्यले रिटर्नीहरूको...
काठमाण्डू, २६ जेठ–जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एकात्मक मानसिकताका कारण संघीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको बताएका छन् । संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा सोमबार काठमाडौं भएको कार्यक्रममा उनले संघीय सरकारमा बसेकाहरूको मानसिकता नै एकारात्मक रहेको बताउँदै यसले संघीयतालाई नोक्सानी...
काठमाण्डू, २६ जेठ– नेपाल बैंकका पूर्वअध्यक्ष डा चन्द्रबहादुर अधिकारीविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अधिकारीमाथि घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगका अनुसार उनले भैरहवामा सञ्चालन हुन लागेको र्याडिसन प्रोजेक्ट’का...