
nda काठमाण्डू, २६ जेठ–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिटर्नीहरू (विदेशबाट फर्किएका नागरिक) प्रति राज्यले अपेक्षित सम्मान र सहयोग नदेखाएको बताएका छन् ।
माओवादी निकट रिटर्नी सेन्टरको स्थापना दिवसको अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राज्यले रिटर्नीहरूको भावना र योगदानको कदर गर्न नसकेको बताएका हुन् ।
‘राज्यले रिटर्नीहरुलाई जुनस्तरको महत्व दिनुपर्ने र रिटर्नीको भावनालाई कदर गर्नुपर्ने हो त्यस्तो भएको छैन । तर हाम्रो पार्टी र हाम्रो पार्टीको नेतृत्वको सरकार भएको बेलामा हामीले राज्यको नीति कार्यक्रममा पनि र बजेट बत्तलव्यमा पनि रिटर्नी सेन्टर र रिटर्नीहरुलाई विशेष महत्व दिनुपर्छ भनेर नै रिटर्नी उद्यमशीलता कार्यक्रम भनेर एउटा प्याकेजमा नै कार्यक्रम अगाडि सार्ने हामीले जमर्को गर्यौं,’ उनले भने ।
अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको सरकार हुँदा यो क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।
‘उहाँहरुले राज्यलाई गर्न खोज्नुभएको योगदानमा सहजिकरण पनि गर्नुपर्दछ भन्नेमा हामी क्लियर थियौँ । अहिले पनि स्पष्ट छौं । तर दुर्भाग्य के भयो भने हामीले छुट्याएको रकम पनि हामी सरकारबाट बाहिर गएपछि अन्यत्रै त्यो बजेट लगिएको भन्ने हामीले थाहा पाएका छौं,’ उनले भने ।’
-न्युज एजेन्सी नेपालबाट