पूर्वमुख्यमन्त्री सोडारी निलम्बित

काठमाण्डु टुडे २०८२ जेठ २६ गते २१:२८ मा प्रकाशित

धनगढी, २६ जेठ– सुदूरपश्चिमका प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी प्रदेशसभा सदस्यबाट निलम्बित भएका छन् ।

भ्रष्टाचार अभियोगमा अख्तियारबाट मुद्धा दर्ता गरिएका सोडारी पहिलो मुख्यमन्त्री हुन् ।

सभामुख भीमबहादुर भण्डारीले सोमबारको प्रदेशसभा बैठकमा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका सोडारीलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको जानकारीसहित पत्र प्राप्त भएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्वन गरिएको सभामुख भण्डारीले बताए ।

प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेशसभामा अब एकीकृत समाजवादीका तीन सदस्य मात्र रहेका छन् ।

 

२०७९ मा सम्पन्न आमनिर्वाचनमा सोडारी कैलाली निर्वाचन क्षेत्र–४ को प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए ।
अकूत सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियारले केही दिनअघि उनीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us