५ नेपाली महिलाः जो मेक्सिकोको पर्खाल नाघेर अमेरिका प्रवेश गर्दै गर्दा पक्राउ परे…

काठमाण्डु टुडे २०८२ जेठ २६ गते २१:०० मा प्रकाशित

काठमाण्डू, २६ जेठ– अमेरिकाले डिपोर्ट गरेर फिर्ता पठाएका ५ नेपाली महिला मेक्सिीकोबाट अमेरिका प्रवेश गर्ने बित्तिकै पक्राउ परेको खुलासा गरेको छ ।
अमेरिकाले अवैध रुपमा बसेको भन्दै सोमबार ३७ नेपालीलाई डिफोट गरी चार्टर्ड जहाजमा ल्याएर भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छाडिदिएका मध्ये ३२ पुरुष र ५ महिला थिए ।

प्रहरीको मानव बेचबिखन ब्युरोले फर्काइएका सबैसँग सोधपुछ गरेको थियो । त्यस क्रममा दलाललाई रकम बुझाएर अवैध बाटोबाट मेक्सिीको हुँँदै अमेरिका प्रवेश गरेका ५ महिला रहेको खुलेको हो । आफूहरुलाई म्याक्सीकोको पर्खाल नाघेर अमेरिकी भूमिमा प्रवेश गर्ने बित्तिकै पक्राउ गरिएको उनीहरुले बताएका छन् ।

ब्युरोका एक अधिकारीका अनुसार तीमध्ये ४ जना दाङ र एक म्याग्दीका छन् । उनीहरुले दलाललाई जनही ६० देखि ७० लाख रुपैयाँ बुझाएर गएको बताए ।

तर, त्यसरी लैजाने मानव तस्करबारे भने यकिन सूचना दिएका छैनन् । डिपोट भएका ३७ मध्ये एक डिभी भिसा र एक अध्ययन भिसामा गएका विद्यार्थीसमेत रहेको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले बताए ।

यसैबीच प्रहरीले सोधपुछ सकेर बोलाएका बेला उपस्थित हुने गरी डिपोट भएर आएकाहरुलाई छाडेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us