नहरमा मृत भेटिएकी वृद्धाको गहनासहित एक महिला पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ २६ गते २१:१७ मा प्रकाशित

विराटनगर, २६ जेठ– मोरङको ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्का आइतबार सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा मृत भेटिइन् ।

उक्त प्रकरणबारे प्रहरीले तत्काल अनुसन्धान अघि बढायो । जब प्रहरीले ग्रामथान(६ की ४० वर्षीया सीता ऋषिदेलाई उक्त घटनाको अनुसन्धानका सिलसिलामा पक्राउ ग¥यो, तब घटनामा नयाँ ट्वीस्ट आयो । मृतककका कपडा र सुनका गरगहना सीताको घरमा भेटियो ।

प्रहरीका अनुसार पक्राउ परेकी सीताकी छोरीले नहरमा डुबेको अवस्थामा वृद्धाको उद्धार गरी घरमा लगेर कपडा फेरिदिएकी थिइन् । त्यसपछि उनको हत्या गरेर नहरमा शव फालिएको हुन सक्ने आशंका प्रहरीको छ ।

यद्यपि पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले प्रहरी अन्तिम निस्कर्षमा भने पुगेको छैन । गहना हत्याउने लालचमा वृद्धाको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us