सोमबार, १७ वैशाख, २०८१

समाचार

भूकम्पपीडितलाई गाईजात्रा मनाउन नगरपालिकाले दियो २३ लाख

२०७२ भदौ ५ गते ८:४६

भक्तपुर, ५ भदौ – गत वैशाख १२ गते र २९ गतेको परकम्पमा परेर ज्यान गुमाएका परिवारलाई शुक्रबार भक्तपुर नगरपालिकाले रु २३ लाख वितरण गरेको छ । भूकम्पमा ज्यान गुमाएका परिवारले आउँदो गाईजात्रा पर्वमा सहजरुपमा गाईजात्रा मनाउन सकुन् भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाभित्रका २३४ परिवारलाई प्रति...

पहिरोले सात घर पुरिए, अझै कति पुरिन्छन् थाह छैन

२०७२ भदौ ५ गते ८:२६

पर्वत, ५ भदौ –निरन्तर खसिरहेको पहिरोका कारण पर्वतको पाङस्थित मालढुङ्गाको सुकुम्वासी बस्ती उच्च जोखिममा परेको छ । पर्वतको कुस्मा नगरपालिका–१ नुवारको डिलबाट झरेको पहिरो बस्तीमा पसेपछि मालढुङ्गामा बस्दै आएका सुकुम्वासीको बस्ती उच्च जोखिममा परेको हो । पहिरोले सात वटा घर पुरेको छ भने म्याग्दी र...

अखण्ड सुदूरपश्चिम र थरुहट पक्षबीच भीडन्त

२०७२ भदौ ४ गते २०:३२

धनगढी, ४ भदौ-कैलाली जिल्लाको पूर्वी क्षेत्र दुर्गौलीमा आज अपराह्न अखण्ड सुदूरपश्चिम पक्ष र थारुहट पक्षका कार्यकर्ताबीच झडप भएपछि त्यहाँको स्थिति तनाबग्रस्त बनेको छ । अखण्ड सुदूरपश्चिम पक्षधरले शुक्रबार आयोजना गरेको मोटरसाइकल यात्रालाई दुर्गौली क्षेत्रमा थरुहट पक्षका कार्यकर्ताले अवरोध गरेपछि दुवै पक्षबीच दोहोरो ढुङ्गा हानाहान...

बर्दियामा बाढीको खतरा, घर भत्किएर एकको मृत्यु

२०७२ भदौ ४ गते २०:२३

बर्दिया, ४ भदौ-बबई नदीमा पानीको सतह बढेपछि बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।   बबईको पानीको सतह मापन केन्द्र चेपाङमा राति ३ बजेदेखि पानीको सतह बढेर ५.७० मि पुगेकाले नदी आसपासका सबै जनतालाई सतर्कता अपनाउन माइकिङ र...

तराईका २२ जिल्ला २४ सै घण्टा बन्द हुने

२०७२ भदौ ४ गते १९:०५

काठमाण्डु, ४ भदौ– चितवनदेखि कञ्चनपुरसम्मको जिल्ला थरुहट प्रदेश बनाउनु पर्ने माग गदै थरुहट÷थारुवान संघर्ष समितिले भदौ ४ गतेसम्म घोषणा गरेको बन्द ७ गते सम्मको लागि थपिएको छ । बन्द गरेको १० दिन पुग्दासमेत सरकारले आफूहरुको माग सम्बोधन गर्न कुनै चासो नदेखाएको भन्दै आन्दोलन शसक्त...

नेपाली कांग्रेसको महाधिवेशन सर्छः केसी

२०७२ भदौ ४ गते १८:३७

चितवन, ४ भदौ-नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले तयारी नपुगेको र सविंधान निमार्णको काम अगाडि बढेकाले पार्टीको महाधिवेशन समयमै हुन नसक्ने विचार व्यक्त गरेका छन् ।   नेपाल प्रेस युनियन चितवनले शुक्रबार सदरमुकाम भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले यसअघिका महाधिवेशनमा तीन महिना...

प्रमुख दलको गठबन्धनबाट बाहिरिएको घोषणा गर्दै गच्छेदारले भने, ‘आठ प्रदेशमा नगए आगो बल्छ’

२०७२ भदौ ४ गते १८:१६

काठमाण्डु, ४ साउन–फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले दलहरुले संघीयताको मर्म नबुझेको बताएका छन् । शुक्रबार शीर्ष नेताहरुको बैठक बहिष्कार गरेर बाहिरिएका गच्छेदारले हाफ्नो पार्टीले कांग्रेस, एमाले र एमाओवादीले ल्याएको सात प्रदेशको सीमांकन नमान्ने भन्दै आन्दोलनमा जाने घोषणा गरे । पार्टी संसदीय दलको कार्यालय सिंहदरवारमा...

मदन भण्डारी कला प्रतिष्ठानमा सुब्बा

२०७२ भदौ ४ गते १८:०२

काठमाण्डु,४ भदौ–नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा साहित्यकार डा विजय सुब्बाको अध्यक्षतामा मदन भण्डारी फाउन्डेसनअन्तर्गत मदन भण्डारी कलासाहित्य प्रतिष्ठान कार्यसमितिको पुनर्गठन भएको छ । एमालेका अध्यक्ष एवम् प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले शुक्रबार आयोजित कार्यक्रममा डा कृष्णबहादुर थापाको अध्यक्षताको कार्यसमिति भङ्ग गरी ३१ सदस्यीय नयाँ...

दाङलाई प्रादेशिक राजधानी बनाउन बृहत् दबाब र्‍याली

२०७२ भदौ ४ गते १७:१८

शरद रेग्मी दाङ,४ भदौ–दाङलाई प्रादेशिक राजधानी बनाउन माग गर्दै शुक्रबार दाङका बिभिन्न ९ स्थानमा विशाल दबाब र्‍याली गरिएको छ । दाङ जिल्लालाई प्रादेशिक राजधानी बनाउनका लागि गठित सरोकार समितिको आह्वानमा जिल्लाका बिभिन्न स्थानमा दबाब ¥यालीको आयोजना गरिएको हो । यसैक्रममा प्रादेशिक राजधानी बनाउन गठित दबाब...

सात प्रदेशमा जाने दलहरु बीच सहमति

२०७२ भदौ ४ गते १७:०९

काठमाण्डु, ४ भदौ– शीर्ष नेताहरु सम्मेलित विशेष समितिको बैठकमा सात प्रदेशमा जाने सहमति गरेका छन् । सीमांकनको विषयमा प्रमुख दलहरु ६ प्रदेशमा सहमत भएपनि त्यसको चारैतिरबाट विरोध भएपछि दलहरुले सात प्रदेशका बारेमा छलफल सुरु गरेका थिए। एमाओवादीका वरिष्ठ नेता तथा संवाद समितिका सभापति बाबुराम...

कर्णालीलाई विकासबाट वञ्चित नबनाउः केसी

२०७२ भदौ ४ गते १७:००

काठमाण्डु, ४ भदौ-नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले कर्णालीको इतिहास, संस्कृति, वैभव तथा स्रोत साधनलाई मध्यनजर राख्दा कर्णालीको विकासलाई कसैले पनि वञ्चित गर्न नहुने विचार व्यक्त गरेका छन् । विशेष अधिकारसहितको कर्णाली प्रदेश स्थापना गर्ने उद्देश्यले कर्णाली स्वायत्त नागरिक सङ्घर्ष समितिले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा...

धर्म निरपेक्षताविनाको संविधान अस्वीकार्य : मोर्चा

२०७२ भदौ ४ गते १६:३२

काठमाण्डु, ४ भदौ– विभिन्न धर्म, जाति र समुदायका प्रतिनिधिहरुले धर्मसापेक्ष संविधान स्वीकार्य नहुने बताएका छन् । शुक्रबार काठमाण्डुको बानेश्वरमा जनसभामार्फत आदिवासी–जनजाति, मधेसी, मुस्लिम, दलितलगायतका जाति÷समुदाय, बौद्ध, किरात, इस्लाम, शिख, ख्रीष्टियन, बोनलगायतका धार्मिक समुदायको मोर्चा उत्पीडनविरोधी संयुक्त राष्ट्रिय मोर्चाले बानेश्वर, काठमाण्डुमा जनसभा आयोजना गर्दै धर्म...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us