लम्बोधर न्यौपानेविरुद्ध तीन वर्ष कैद, २५ करोड जरिवाना

काठमाण्डु टुडे २०८१ वैशाख १६ गते २०:३६ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख– गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर भएका नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायणका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद हुने भएको छ ।

विशेष अदालतले बिगो रकमको दोब्बर जरिवाना हुने गरी सजाय तोकेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध २०७८ माघ २७ गते मुद्धा दायर गरेको थियो ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार सजाय तोक्ने निर्णय गरेको हो । विषेशले १२ करोड ८४ लाख बिगो तथा त्यसको दोब्बर २५ करोड ६९ लाख ७५ हजार जरिवाना असुल्न आदेश दिएको छ ।

विभागले न्यौपानेसहित कलेजका तत्कालीन ९ सञ्चालकहरूविरुद्ध मुद्धा दायर गरेको थियो । विशेषले न्यौपानेबाहेक अन्य प्रतिवादीलाई भने सफार्इ दिएको छ ।

यसअघि मुद्धा मिलाउन न्यौपानेले घूस दिएको विष्या बाहिर आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले राजीनामा दिएका थिए ।

पाठक यअसघि नै उक्त मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us