नेपाली कांग्रेसको महाधिवेशन सर्छः केसी

काठमाण्डु टुडे २०७२ भदौ ४ गते १८:३७ मा प्रकाशित

arjun-narshingha-kc
चितवन, ४ भदौ-नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले तयारी नपुगेको र सविंधान निमार्णको काम अगाडि बढेकाले पार्टीको महाधिवेशन समयमै हुन नसक्ने विचार व्यक्त गरेका छन् ।

 

नेपाल प्रेस युनियन चितवनले शुक्रबार सदरमुकाम भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले यसअघिका महाधिवेशनमा तीन महिना अगाडि नै तयारी समिति र निर्वाचन समिति गठन गरिएको स्मरण गर्दै महाधिवेशन मिति नजिक नजिक आए पनि कुनै काम हुन नसकेकाले महाधिवेशनको मिति सर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us